"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (15)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (4))
सा (स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (15))
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो । विक्रम सम्बत २०५६को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ । मध्य [[महाभारत पर्वत श्रृङ्खला]]देखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ । कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ ।
 
विसं १८३६ देखि विसं २०४६ सम्म कहिले गौडा, गोश्वारा कहिले बडा हाकिमको अड्डा, कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय, कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रुपमारूपमा २१० बर्षको इतिहास वोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखि विधिवत रुपमारूपमा मन्थली गाविसमा रहँदै आएको छ ।
 
== जिल्लाको नामाकरण ==
रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको बिचारमा यस वारेमा विवधता पाइन्छ ।
* स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा हालको रामेछाप गाविसको मुख्य स्थान रामेछाप डाँडाँको वरिपरि [[तामाङ जाति]]को वस्ती रहेको (हालसम्मरहेको) र त्यहा राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रुपमारूपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत चल्दथ्यो । राम भन्ने त्यसै व्यक्तिको छाप चल्ने भएको कारण अन्यत्रबाट त्यहाँ आई वसोवास गर्ने मानिसहरूले राम भन्ने व्यक्तिबाट छाप (जग्गा जमीन भोग चलन गर्ने अधिकार) प्राप्त गरी वसोवास गर्ने गरेको र दुवै शव्द राम छाप संयुक्त रुपमारूपमा प्रयोग गर्दा अपभ्रंश भई कालान्तरमा रामेछाप नाम हुन गएको भनि मान्न सकिन्छ ।
* यसै गरी हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ । तमाङ् भाषमा रा भनेको भेडा बाख्रा मे भनेको गाई गोरु र छाप भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ । तामाङहरूले रामेछाप डाँडांको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउको नाम रामेछाप रहन गएको मान्न सकिन्छ ।
 
* औसत लम्बाई:-
 
भौगोलिक रुपमारूपमा हेर्दा रामेछाप हलो अथवा मोजा आकारको देखिन्छ । रामेछापको सबैभन्दा कम उचाई भएको स्थान लिखु र सुनकोसीको संगम कोलोन्जोरघाट (४२६ मिटर) हो भने सबैभन्दा उच्च भाग नुम्बुर हिमचुली (६,९५८ मिटर) हो । रामेछाप पहाडी जिल्ला भए पनि तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरीजस्ता खोला र नदीले बनाएका स-साना उर्वरा फाँटहरू पनि प्रशस्तै छन् । रजमनटार, मुँगीटार, द्यौरालीटार, जखनीटार, सित्खाटार, टारीखेत, खिम्तीबेसी, विर्ताटार आदि स्थान उत्पादन र बसाईका लागि उत्तम मानिएको छ।
रामेछापमा ३,१४८ मिटर अग्लो गिद्धे डाँडा, २,२९५ मिटर अग्लो अग्लेश्वरडाँडा, २,४२० मिटरको दमकोटीडाँडा, ३,१४८ मिटर अग्लो सैलुङ्गेडाँडा, ३,१०६ मिटर अग्लो तामेडाँडाजस्ता हिमाली तथा पहाडी डाँडाकाँडा रहेका छन् । यो जिल्ला रामादिङचुली ६,२५८ मिटर, ५,५०२ मिटर अग्लो गोकुलचुली, ६,७५७ मिटर अग्लो लिखुचुली, ६,६७८ मिटर अग्लो गाकोशिर जस्ता हिमालय श्रृङ्खलाहरूले सजिएको छ । यहाँ ८ सय मिटर उचाईमा रहेको [[मन्थली]]बजार, १३७८ मिटर उचाईको रामेछाप बजार, ४९५ मिटरमा रहेको आकाशे, ८ सय मिटरकै उचाईमा अवस्थित [[साँघुटार]], १७ मिटर उचाईमा रहेको ठोसेबजार, १८ मिटर उचाईको गाल्वाभञ्ज्याङ्ग र १८ सय मिटरकै उचाईमा रहेको धोवीबजार यहाँका मुख्य बजार क्षेत्र हुन् । यद्यपि हाल आएर शिवालय, बेताली, बाम्तीभण्डार आदि स्थान पनि बजार बनिसकेको छ । रामेछापका उल्लेखित क्षेत्रमा फलाम, तामा, स्लेट आदि खानीको भण्डार रहेको छ ।
 
== हावापानी र भू-उपयोग ==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ । ४२६को कोलोन्जोरबाट सुरु भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाईसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ । रामेछापको दक्षिणी भागमा अत्याधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाईमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ । यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० सेन्टिग्रेट र वर्षा मीमीसम्म रहेको छ।
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध । यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो । बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो । रामेछापमा खेतीका रुपमारूपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ । फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ । रामेछापमा कुल कृषियोग्य जमीन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।
 
== नदीनालाहरू ==
नेपालको जनसंख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसंख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ वर्ष) : ८५.१६ र बृद्धबृद्धा -उमेर ६० वर्ष भन्दा माथि) १७.१८ रहेको छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसंख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३ रहेका छन् ।
भाषागत रुपमारूपमा हेर्दा यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले सुनुवार भाषा बोल्ने गर्दछन् । यो जिल्लामा ६८.०६ प्रतिशतले हिन्दू धर्म मान्ने गरेको पाइएको छ भने २८.२९ प्रतिशतले बौद्ध, १.९५ प्रतिशतले किराँत, ०.४३ प्रतिशतले क्रिश्चियन, ०.०२ प्रतिशतले मुस्लिम र १.२४ प्रतिशतले अन्य धर्म मान्ने गरेका छन् ।
 
== सामाजिक र आर्थिक अवस्था ==
रामेछापमा विविध जाति, संस्कृति र भाषाभाषीको बसोबास रहेको र भौगोलिक अवस्थितिसमेत विविधतायुक्त रहेकाले यहाँको सामाजिक तथा आर्थिक अवस्था पनि विविधतायुक्त रहेको छ। रामेछापमा करिब दश प्रतिशत आर्थिक रुपमारूपमा उच्च वर्गमा पर्ने समूह रहेको छ । यो समूह रामेछाप स्थायी निवासी भए पनि अहिले राजधानीमा बसोबास गर्ने समूह हो । जिल्लाको अधिकांश जमीनको हिस्सा ओगट्ने यो वर्गले जिल्लाको राजनीति तथा अन्य क्रियाकलापमा समेत प्रभाव पार्ने गरेको देखिन्छ । तर, यो वर्गले जिल्लाको विकासमा भने खासै चासो राखेको पाइँदैन ।
त्यस्तै अर्को वर्ग हो, मध्यम वर्ग । रामेछापमा यो वर्ग १५ प्रतिशत मात्र रहेको मानिन्छ । जिल्लाभित्र र तराईमा समेत जग्गा जमित जोडिसकेको यो समूह स्थायी रुपमारूपमा राजधानीमा बसोबास गर्दछन् । जिल्लाको राजनीति र अन्य प्रक्रियामा चासो राख्ने यो समूह जिल्लाले प्राप्त गरेको उपयुक्त अवसर हात पार्ने मौकामा रहेको देखिन्छ । जिल्लाको विकासमा यो वर्गले खासै महत्व नदिएको भन्ने कुरा रामेछापको विकास गतिले पनि स्पष्ट पार्दछ ।
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो । रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरूको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ । सामाजिक रुपमारूपमा अपहेलित र आर्थिक रुपमारूपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ । राष्ट्रिय तहको उच्च तहसम्म रामेछापेलीहरू पुगेका छन् । तर, जिल्लाका लागि उनीहरूबाट खासै योगदान भएको पाइँदैन । यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैंककै रुपमारूपमा मात्र प्रयोग गर्ने उनीहरू भने राजधानीबासी भन्न रुचाउँछन् ।
सरकारको २०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन् । जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो । यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन् । यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ । तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन । यो पनि गरीबीको कारण हो भन्न सकिन्छ । रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन ।
 
 
== सडक र उपयोग ==
रामेछाप जिल्लाका प्रायः सबैजसो प्रमुख बजारमा कच्ची सडक पुगेको छ। रामेछापमा हालसम्म ३४ किलोमिटर सडक बनेको तथ्याङक छ । रामेछापको सदरमुकाम मन्थली, रामेछाप डाँडा, साँघुटार, ठोसे, बाम्ती, बेताली, तिल्पुङ, सालु, र कोसी वारिका पनि सबैजसो भाग फुलासी, डडुवा, दोरम्बा, चौरी, गाल्बामा कच्ची नै सही सडक पुगेको छ । तर, यि सडकहरू तराईको चामल बेसाउने बाटोका रुपमारूपमा मात्र प्रयोग भइरहेका छन् । सडकलाई सही तरिकाले प्रयोग गर्दा रामेछापले आम्दानीका श्रोतहरू पनि पहिल्याउनुपर्ने हो तर राजधानीबाट सामान ओसार्ने तर राजधानीतिर केही नपठाउदा गाउँको अवस्था कष्टकर नै छ ।
 
== पर्यटन ==
पर्यटन रामेछापका लागि राम्रो अवसर हो । तर, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ । नाम्चे, लुक्ला गए पछि्यटकहरूको एक रातको बसाई रामेछापकै शिवालय हो ।
लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा र्‍याफि्टङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमारूपमा विकास गर्न सकिए रामेछापमा पर्यटन व्यवसाय बन्न सक्ने पक्का छन् ।
अझ पाँचपोखरी, जटापोखरीजस्ता क्षेत्रलाई पर्यटन रुटमा राख्न सक्ने हो भने राजधानीबाट ६ घण्टाको दूरीमा रहेको ऐतिहासिक बजार ठोसे जस्ता क्षेत्र पर्यटनका लागि उपयुक्त हुन सक्दछ । रामेछापमा प्राकृतिक, जल, हिमाली र धार्मिक पर्यटन प्रवर्द्धनका लागि धेरै काम गर्न सकिने अवस्था विद्यमान छ। यसका लागि रामेछापका केही युवाको पहलमा ठोसे-पाँचपोखरी पर्यटन विकास समिति गठन गरी केही प्रचारात्मक क्रियाकलापको सुरुवात भने भएको छ। यसमा सम्बद्ध निकायले उचित ध्यान पुर्‍याउने हो भने रामेछापको आर्थिक विकासमा महत्वपूर्ण सावित हुने पक्का छ ।
 
== शिक्षा र स्वास्थ्य ==
तथ्याङ्कहरूलाई हेर्ने हो भने रामेछापमा ३९.४ प्रतिशत जनता साक्षर छन् । यसमा ६ वर्ष मुनिका बालबालिका समेटिएको छैन । यसमा २६.६ प्रतिशत महिला र ५३.८ प्रतिशत पुरुष साक्षर रहेको तथ्याङक छ । चार वर्षअघि अर्थात २०६० सालमा रामेछापमा विद्यालय संख्या ४०८ थियो भने विद्यार्थी संख्या ५८,४४० र शिक्षक संख्या १,१८५ जना रहेको छ। यसमा अहिले खासै परिवर्तन आइसकेको छैन । त्यसो त पछिल्लो समयमा उच्च मावि र क्याम्पसहरू खुल्ने क्रम तीब्र छ । त्यसैले शैक्षिक रुपमारूपमा रामेछापमा राम्रै विकास भएको मान्न सकिन्छ ।
स्वास्थ्य क्षेत्रमा रामेछापमा स्वास्थ्य संस्थाहरूको संख्या ५५ वटा रहेको छ । अर्थात एक गाविस एक स्वास्थ्य केन्द्र रहेको देखिन्छ । यस हिसावमा ३,८६२ जना बराबर एउटा स्वास्थ्य संस्था रामेछापेली जनताले पाएका छन् । रामेछापमा परिवार नियोजनको साथ प्रयोग गर्नेको संख्या २२.४५ प्रतिशत रहेको छ । रामेछापमा पहिलो विवाह गर्दाको औषत उमेर महिलाको १९.७५ र पुरुषको २२.०९ वर्ष रहेको पाइन्छ । बालबिवाह रामेछापमा अझै ०.९२ प्रतिशत रहेको देखिन्छ । यसमा १० देखि १४ वर्षका बालकालिका रहेका छन् । रामेछाप मध्यमाञ्चलकै सबभन्दा कम वाषिर्क जनसंख्या वृद्धिदर भएको जिल्ला पनि हो । यहाँ जनसंख्या वृद्धिदर १.२२ मात्र रहेको छ। रामेछापका ३४.९ प्रतिशतले शौचालय प्रयो गर्ने गरेको पुरानो तथ्याङ्क छ । यो प्रतिशत अहिले झण्डै ६५ माथि पुगेको अनुमान गरिएको छ।
र, अन्त्यमा
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/233906" बाट अनुप्रेषित