"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (8)
पङ्क्ति ७:
कुनै समय यस्तो थियो, भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मानिस भन्ने गर्थे, "को त्यही सैनिक कार्यक्रममा रूपक भन्ने सेनानी भीमबहादुर ?" आजको पुस्ताले यस नामलाई कसरी सम्झिन्छ कुन्नि ? तर, २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची-कालीको सीमालाई नाघ्दै सम्पूर्ण नेपालीहरूको मनमा बास बसेका यी ८४ वर्षे आज पनि पुराना मान्छेका मस्तिष्कमा न्यानो स्मृति भएर बाँची नै रहेका छन् । यिनका रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थे । सोमबार र बिहीबार बिहान ९ बजे नित्य प्रसारण हुने यो कार्यक्रम सुन्न सबै आतुर हुन्थे । काम र पढाइमा घरबाट निस्कन हतारो हुँदा पनि मानिसहरू मुखमा गाँस हाल्दै सुवेदार भीमबहादुरको रेडियो रूपक सुन्थे ।
 
१३ वर्षको उमेरमा यिनी ब्रिटिस सेनामा भर्ना भएर दोस्रो महायुद्ध लडे । त्यतिखेर यिनी खोटाङको रावा, लामीडाँडामा गाईभैँसी चराउँदै लर्केजोवनसँग बरालिँदै थिए । एकदिन रभुवाको माघेसंक्रान्ति मेलामा गाउँले ठिटीहरूसँग नाचिरहेका बेला गोडामा छालाका बुटजुत्ता लगाएका, नाडीमा चम्किने घडी बाँधेका र शिरमा छत्रे टोपी लगाएका दुई जना युवकले उनलाई लाहुर जान फकाए । सुकोदामका लागि छटपटिनुपर्ने अवस्थामा महिनाको ३५ रुपियाँरूपियाँ भारु पाइने अवसर सामुन्नेमा उनैलाई खोज्दै उभिँदा किन नाइँ भन्ने ? उनी पनि डफ्फाहरू पछ्याउँदै देहरादुन छाउनी पुगे ।
सन् १९४२ बाट '४४ बीचको महासमरमा उनले जुन दृश्य देखे र आफूलाई पनि ती दृश्यहरूमा जसरी एकाकार गराए, त्यसको स्मृतिले आज पनि उनका शरीरका रौँहरू ठाडा हुन्छन् । उनी मान्छे मार्न नै खटिएका थिए । त्यसैले खालि 'मार कि मर'को 'आदेश' पालन गर्नु दिनचर्या भएको थियो । उनलाई कुखुरा मार्नुभन्दा पनि सजिलो मान्छे मार्नु रहेछ जस्तो अनुभूति हुन्थ्यो । युद्धभूमिमा 'प|mन्टलाइन'मा उभिएर शत्रुहरूतर्फ बन्दुक सोझ्याउँदा उनलाई महाभारतको कुरुक्षेत्र सम्झना हुन्थ्यो । तर, त्यहाँ उनलाई गीता सुनाउने कृष्ण थिएनन् । आफ्नै बुद्धि, विवेक र आँटले शत्रुहरूको छातीमा बन्दुकका गोली बर्साउनुपथ्र्‍यो । मार्नुपथ्र्‍यो ।
 
पङ्क्ति १६:
भोक लाग्दा गाँस पाइँदैनथ्यो । थकाइ लाग्दा बास पाइँदैनथ्यो । तिर्खा लाग्दा पानी पाइँदैनथ्यो । जुद्धशमशेरले बि्रटिस सरकारलाई सहयोगस्वरूप पठाएका कालीबहादुर पल्टनका १२/१३ सिपाहीहरूले धेरै छाक खान नपाएर आफ्नै बुट पानीमा भिजाएर पेट शान्त पार्ने कोसिस गरेको पनि उनले देखेका छन् । त्यसभन्दा पनि बीभत्स दृश्य उनले देखेका छन् । उनकै पल्टनमा सामेल नेपाली सिपाहीहरूमध्ये दुई जनाको गोली लागेर पेटबाट भलभली रगत बग्न थाल्यो । उनीहरूलाई उपचारको कुनै प्रबन्ध मिलाउन सकिने अवस्था थिएन । अनि उनले बाध्यतावश आँखा चिम्लेर छातीमा गोली ठोके । तिनीहरूलाई मोक्षको बाटोमा डोर्याए । "घाइतेलाई जिउँदो नछाड्नु भन्ने आदेश थियो, बाध्य भएर मार्नुपर्‍यो ।" सायद यो उनको पल्टने जीवनको सबैभन्दा त्रासद घटना थियो ।
 
थापाका दुईवटा व्यक्तित्व पालैपालो हिँडे जीवनमा । उनी युद्ध सकिएर विसं २००२मा नेपाल पसे । त्यसबेला नेपालमा २४ पल्टन थियो । एक पल्टनमा पाँच सय सैनिक हुन्थे । विश्वयुद्धबाट फर्केका नेपाली सैनिकलाई दुई-तीन तह प्रमोसन दिएर नेपाली सेनामा राखिने भयो तर तलब जम्माजम्मी नौ रुपियाँरूपियाँ मात्र । त्यसैले उताको भारु ३५को तुलनामा यो त साह्रै कम्ती थियो ।
 
नखाऊँ भने फेर िगाईभैँसी चराउन जान सक्ने कुरा थिएन । त्यसैले नहुनु मामाभन्दा कानु मामा बेस भनेर चित्त बुझाए । त्यसबेलाको जमाना सस्तो थियो । पाँच रुपियाँलेरूपियाँले गाँस-बासको राम्रै जोहो हुन्थ्यो । प्रतिमहिना चार रुपियाँरूपियाँ जोगाएर घर पठाउँथे ।
 
पछि साथीभाइहरूसँग हिमचिम बस्दै जाँदा पैसा बचाउने नयाँ उपाय पनि सिके । त्यसबेला वीरधारामा मात्र पानी आउँथ्यो । यस्ता धारा सीमित थिए र राती १२ बजेपछि मात्र खुल्थे । त्यसैले मध्यरातमा चेलीबेटीहरू पानी भर्न जान असुरक्षित अनुभव गर्थे । र, दिनमा दुई गाग्री पानी ल्याइदिने सर्तमा डेरा सित्तैँमा दिइन्थ्यो । पछि यही सिको गरेर उनी पनि डेराभाडा मुक्त भएर झन् किफायती रूपमा बस्न थाले ।
पङ्क्ति २५:
उनी यति फुर्सदिला भए, टुँडिखेलमा पलेँटी कसेर मुखमा सुर्ती हाल्दै तरुनीका गफमा रुमल्लिन्थे । त्यस समयतिर फर्केर हेर्दा थापालाई अहिले पनि एक किसिमको मात लाग्छ । "हामी सुर्ती पड्काउँदै गफ चुट्थ्यौँ," उनी भन्छन् । तर, फेर िउनको हातबाट कहिल्यै बन्दुक पड्किएन ।
 
यो ताल धेरै लामो समयसम्म चलेन । उनी नाचगानमा पनि ओस्ताद भएकाले मोहनशमशेरको आठपहरयिा -बडीगार्ड)मा छानिए । त्यहाँ सरुवा भएपछि उनलाई रुपियाँकोरूपियाँको खोलो नै बग्न थाल्यो । दसैँ र तिहारमा खर्च भनेर पाँच-पाँच सय रुपियाँरूपियाँ दिइन्थ्यो । जन्मोत्सव र कसैको जायजन्म भयो भने फेर ित्यति नै बक्सिस थाप्थे । थापालाई पैसाको कुनै अभाव भएन । बेलाबेला साथीहरूले सिकाएको नीति लागू गर्थे र मोहनशमशेरलाई बिन्ती गर्थे, "प्रभु ! मेरो डेरा चोरी भयो, सर्वस्व लग्यो !" अनि 'प्रभु'बाट तुरुन्त आदेश हुन्थ्यो, "यसलाई दुई सय रुपियाँरूपियाँ दिनू !" यसरी उनले चार-पाँचचोटि नै डेरा चोरी गराएर हर्जाना थापे । पछि मोहनशमशेर पनि आजित भए र भने, "अब तिमी यस्तो चोरी हुने ठाउँमा नबस, डेरा सर !" अनि, त्यसपछि चाहिँ उनले यस्तो खर्च मागेनन् । भन्छन्, "डेराको सिरखिुरी जोड्दा पाँच रुपियाँकोरूपियाँको जायजेथा पनि थिएन तर मैले दुई सयका दरले धेरैपटक पैसा थापेँ ।" यसरी पैसाको खोलो बगाउने अरू राणाहरू थिएनन् । हरशिमशेरकामा आठपहरयिा हुनेलाई पनि राम्रै थियो तर उनी महिनाको एक मुरीका दरले धान दिन्थे, नगद दिँदैनथे ।
 
दाम त कमाए भीमबहादुर थापाले । तर, ००८ सालमा जब रेडियो नेपालबाट सैनिक कार्यक्रम चलाइदिनुपर्‍यो भन्ने बेहोराको पत्र आयो अनि उनको जीवनले नौलो कोल्टे फेर्‍यो । नामसँगै कमाउने क्रम पनि सुरु भयो । उनलाई 'शाही सैनिक कार्यक्रम'को जिम्मा लगाइयो । उनी नौ जनाको टोली बनाएर रेडियो छिरे र बन्दुक समाउने हातले ३७ वर्ष निरन्तर कलम चलाए । नाटक लेखे, लेखरचना लेखे र लेखे रूपक । उनको नाम उच्चारण हुनासाथ उनको परचिय स्वतः खुल्थ्यो, 'रूपक चलाउने सेनानी भीमबहादुर' । उनले रूपक लेखेनन् मात्र, प्रस्तुत गरे पनि । उनी रेडियो रूपकले यति लोकपि्रय बने, कालान्तरमा उनको परचिय नै यही बन्यो । र, उनी रेडियो रूपकका पर्याय हुनपुगे ।