"छठ" का संशोधनहरू बिचको अन्तर

सा r2.5.2) (रोबोट ले थप्दै: sv:Chhath
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग , हरु → हरू (10), नजिक → नजीक (2), रुप → रूप
पङ्क्ति २७:
नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक '''छठ पर्व''' मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
===इतिहास===
सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । [[अग्नि पुराण]]मा पनि षष्ठी व्रतको प्रसंगप्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
 
===विधि===
पङ्क्ति ३५:
 
[[File:Chhatha ranipokhari kathmandu.jpg|thumb|left|150px|काठमाडौंको रानीपोखरीमा छठ पूजा गरिंदै]]
कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने '''छठ''' पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुव्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सवैले ढोग्छन् सम्मान गर्छन् तर डुव्न लागेको घाम गरीव तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यबहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सवैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरुमानिसहरू भक्तिमा लिप्त भएर नजिकैकोनजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, मिठाई जस्ता सामाग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।
 
==नहान खान (नहाए खाए)==
पङ्क्ति ४१:
'''छठको पहिलो दिन-कार्तिक शुक्ल चतुदर्शी'''
 
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरुब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सवेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरुलेब्रतालुहरूले प्रण गर्दछन्- म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
 
==खर्ना==
पङ्क्ति ४७:
'''छठको दोस्रो दिन-कार्तिक शुक्ल पञ्चमी'''
 
विधिवत रुपमारूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरुलेब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।
 
==छैठ==
पङ्क्ति ५३:
'''छठको तेस्रो दिन-कार्तिक शुक्ल षष्ठी'''
 
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरुब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैकोनजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुवेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरुसामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुवाई सूर्य देउतालाई चढाउँदछन । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरुब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झै सिंगारिएकॊ हुन्छ ।
 
==पारण==
पङ्क्ति ५९:
'''छठकोचौथो दिन-कार्तिक शुक्ल सप्तमी'''
 
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरुलेभक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसंगै ब्रतालुहरुलेब्रतालुहरूले अंजुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरुप्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत तोड्दछन् ।<ref>{{cite web|url=http://www.ekantipur.com/np/2068/7/15/full-story/337744.html|title=बिछट्टको छठ पर्व - धीरेन्द्र प्रेमर्षि | publisher='''कान्तिपुर'''}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/छठ" बाट अनुप्रेषित