"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: सहिद → शहीद (2), हरु → हरू (2)
पङ्क्ति २५:
}}
 
'''मुकेश कायस्थ''' [[नेपालको तेस्रो जनआन्दोलन]]को रुपमा परिचित जनआन्दोलन २०६२/६३का क्रममा घाइते भएका नेपालका जिउँदो सहिदशहीद हुन । जनआन्दोलनका क्रममा अचेत बनेका [[बनेपा]]का मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेकोछैन । २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका कायस्थलाई काठमाडौंको [[बीर अस्पताल|वीर अस्पताल]]मा करिब ११ महिनासम्म उपचार गरिएको थियो । जनआन्दोलनमा १५ वर्षीय मुकेशको [[कन्चट]]मा गोली लागेको थियो । मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ ।<ref>{{cite web| title= फेरि आन्दोलनमा भाग लिन नपरोस|url=http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=49689&cat_id=14| publisher=गोरखापत्र|date= |accessdate=२०११-०७-२५}}</ref>
२०६२साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए । उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८को परीक्षा दिइसकेका थिए ।
[[चित्र:मुकेश कायस्थ०२.jpg|thumb|200px|मुकेश कायस्थको स्वास्थ्य स्थिति बुझ्दै [[झलनाथ खनाल]](तत्कालिन प्रधानमन्त्री) ]]
शारीरिक बनावट सामान्य भइसकेको छ । मोटाएका छन, नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ । यो पनि बिस्तारै पुरिँदै आएको छ । बाहिरबाट हेर्दा अरू खोट देखिँदैन । उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन् । दूध र बिस्कुट दिए खुसी हुन्छन् । उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन । झर्किएर गाली गरे खान मान्दैनन् । उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्‍यो । मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो । सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो । त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको [[बाँसबारी]]स्थित न्युरो अस्पताल पुर्‍याए । छ महिनापछि फेरि घर ल्याइयो । 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन ।<ref>{{cite web| title= जिउँदा सहिदशहीद भन्छन्- आश्चर्य भइदिओस|url=http://www.merolinks.com/nepali-blogs/%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A6-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%AD%E0%A4%87%E0%A4%A6%E0%A4%BF/| publisher='''Merolinks.com'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट [[काभ्रेपलाञ्चोक जिल्ला]], [[उग्रचण्डी नाला]]का [[भीमसेन दाहाल]]को मृत्यु भैसकेको थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो । शव लिन नालाबाट [[धुलिखेल]] आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो । [[शिवहरि कुँवर]] घटनास्थलमै मारिए भने मुकेश घाइते भए । मुकेशसँगै बनेपाकै [[बिक्रम कपाली]]लाई गोलीको छर्राले लाग्यो । उनलाई भारतमा उपचारपछि निको भइसकेको छ । बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन । भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए । शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरुलेस्थानीयबासीहरूले आगो लगाएर ध्वस्त बनाइदिए । तत्काल बनेपाकै [[शीर मेमोरियल अस्पताल]] लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो । उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए । <ref name=Muk-janaastha>{{cite web| title= कसैले नबाँचोस् यस्तो जीवन|url=http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=6406| publisher='''जनआश्था दैनिक'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
अस्पतालबाट बनेपा ल्याइएको केही दिनपछिदेखि नै उपचारमा दलहरुलेदलहरूले ध्यान नदिएको भन्दै स्थानीय युवाले [[अरनिको राजमार्ग]] बन्द गराएपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्युरो सर्जनमा लगी उपचार शुरु गरिएको थियो । त्यहाँ नियमित छ महिनासम्म उपचार गराएपछि २०६४ भाद्र ७ गते बनेपा फर्काइयो । सरकारले मुकेशका लागि शुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो । बनेपामा होटल ब्यवसाय गर्दै आएका मुकेशका परिवारको मुकेश घाइते भएपछि पसल नै बन्द भएको थियो ।<ref name=Muk-janaastha/>
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित