"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

सा अर्ध स्वचालित हिज्जे सम्पादन गर्दै, typos fixed: घन्टा → घण्टा using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
पङ्क्ति ३:
{{wikify}}
 
'''भीमबहादुर थापा''' निकै प्रशिद्ध नेपाली कलाकार, सैनिक कार्यक्रमका रेडिओ प्रस्तोता अनि दोस्रो बिश्वउद्ध लडेका वीर पनि हुन. तलका हरफहरुहरफहरू [http://www.kantipuronline.com/Nepal/arcarticle.php?&aid=5&isd=349 कान्तिपुर् अनलाइन] बाट जस्ताको तस्तै सारिएका हुन.
 
कुनै समय यस्तो थियो, भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मानिस भन्ने गर्थे, "को त्यही सैनिक कार्यक्रममा रूपक भन्ने सेनानी भीमबहादुर ?" आजको पुस्ताले यस नामलाई कसरी सम्झिन्छ कुन्नि ? तर, २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची-कालीको सीमालाई नाघ्दै सम्पूर्ण नेपालीहरूको मनमा बास बसेका यी ८४ वर्षे आज पनि पुराना मान्छेका मस्तिष्कमा न्यानो स्मृति भएर बाँची नै रहेका छन् । यिनका रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थे । सोमबार र बिहीबार बिहान ९ बजे नित्य प्रसारण हुने यो कार्यक्रम सुन्न सबै आतुर हुन्थे । काम र पढाइमा घरबाट निस्कन हतारो हुँदा पनि मानिसहरू मुखमा गाँस हाल्दै सुवेदार भीमबहादुरको रेडियो रूपक सुन्थे ।