"विनिर्माणवाद" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: zh-min-nan:Kái-kiàn-kò͘
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा (2)
पङ्क्ति २:
 
==शव्दार्थ==
विनिर्माण शब्द अङ्ग्रेजी [[:en:deconstruction]] को नेपाली रूपान्तर हो । यससँग सम्बद्ध अन्य शब्द '''विनिर्माणवाद''' (deconstructionism) र विनिर्माणवादी (deconstructionist) हुन् । नेपालीमा विनिर्माणवादलाई विसंरचनावाद, विरचनावाद, विसङ्घटनावाद, विनिर्मितिवाद आदि पनि भनिएको पाइन्छ ।
 
== परिचय ==
विनिर्माण शब्दका निर्माता तथा प्रयोक्ता प्रसिद्ध फ्रान्सेली चिन्तक, दार्शनिक तथा भाषाविज्ञानी जाक डेरिडा (१९३०) हुन् । खासगरी साहित्यिक कृति वा पाठको पठन तथा सामान्यतः समालोचनाको नयाँ सिद्धान्तलाई जन्म दिँदै उनले नै यसको नामकरण विनिर्माणवाद गरेका हुन् ।
सन् १९६६ मा१९६६मा जोन हप्किन्स विश्वविद्यालयमा आयोजित संरचनावादसम्बन्धी कार्यशाला गोष्ठीमा डेरिडाले Structure, Sign and Play in the Discourse of the Human Sciences शीर्षक कार्यपत्रमा संरचनावादको आलोचना गरी उत्तरसंरचनावादको थालनीका साथै विनिर्माणवादसम्बन्धी नयाँ सिद्धान्तको स्थापना गरेका हुन् । विनिर्माणसम्बन्धी धारणालाई सन् १९६७ मा१९६७मा प्रकाशित Of Grammatology, Speech and Phenomena, Writing and Difference नामक तीन पुस्तकहरूमा डेरिडाले संरचनावादको आलोचना तथा विनिर्माणवादको व्याख्या गरी समालोचनाको नयाँ आन्दोलनका रूपमा विनिर्माणवादको प्रारम्भ र विकास गरेका हुन् । यसपछि उनको यस सिद्धान्तलाई विभिन्न विद्वान्हरूले ग्रहण गर्दै गएपछि यो युरोप तथा अमेरिकामा पैmलिँदै विश्वव्यापी हुन पुगेको छ ।
 
== विकाश ==
"https://ne.wikipedia.org/wiki/विनिर्माणवाद" बाट अनुप्रेषित