"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6), को → को (4), मा → मा (2)
पङ्क्ति २६:
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो । विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा [[सर्लाही जिल्ला|सर्लाही]] सँग बागमती नदीले छुट्याएको छ । पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ । जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो ।
 
२०५८को जनगणना अनुसार जनसंख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसंख्या २,३१,५१,४२३को २.३५ प्रतिशत, मध्यमाञ्चलको कुल जनसंख्या (८०,३१,६२९) को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसंख्या (२४,६६,१३८) को २२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन् । यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ ।
परिवारको दृष्टिले हेर्दा ८८,१६८ धुरी रहेको यस जिल्लाको परिवार संख्या समग्र नेपाल र तर्राईको औसत ५.४४ भन्दा बढी अर्थात् ६.१८ रहेको छ । यो अङ्क हिमाल, मधेश र पहाडको औसत भन्दा पनि बढी छ । अर्थात हिमाल र पहाडको क्रमशः ५.२८ र ५.१७ छ । प्रति वर्ग किलोमिटरको जनघनत्वको दृष्टिबाट पनि रौतहटको जनघनत्वले नेपालको जनघनत्व १५७ भन्दा निकै उच्च अर्थात् ४८४ रहेको छ । जबकि तराई-मधेशको औसत जनघनत्व प्रतिवर्ग किलोमिटर ३३० छ । क्षेत्रफलको दृष्टिले रौतहट नारायणी अञ्चलको सबभन्दा सानो जिल्ला हो । जनसंख्या बृद्धिदर पनि नेपालको सरदरभन्दा बढी अर्थात् ३% को हाराहारीमा छ । यस तथ्यबाट के कुरा स्पष्ट हुन्छ भने रौतहटको जनसंख्या बृद्धिदर पनि उच्च रहेको छ ।
 
उत्तर [[चुरे पर्वत श्रृङ्खला]]को दक्षिणी पाखा देखि दक्षिण भारत विहारको सीमावर्ती र पूर्वी चम्पारणसँग जोडिएको, पूर्वमा [[सर्लाही जिल्ला|सर्लही]]सँग [[बागमती नदी]]बाट छुट्याइएको र पश्चिम बारा जिल्लासित धनसर तथा अगुवा नदीले छुट्याएको रौतहट जिल्लामा ७०% जनता राष्ट्रिय मापदण्डको गरीबीको रेखामुनि रहेको अनुमान छ । यस जिल्लाको १०% क्षेत्रफल जङ्गलले ओगटेको छ ।
पङ्क्ति ३४:
== जिल्लाको नामाकरण ==
रौतहट जिल्लाको नामाकरणका आधारहरू:
* १७६४ मा१७६४मा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|इस्ट इण्डिया कम्पनी]]का कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानुपरेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईको क्रममा राउतहरूको घना छाप्रो/झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले '''Raut-Hut''' अर्थात '''राउत हट''' भने । '''राउतको झुपडी''' अर्थ दिने यही शब्द अपभ्रंस भएर रौतहट नामाकरण भएको हो ।
 
* रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरुशब्दहरू मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो । यसप्रकार रौतहट शब्दको अर्थ यादवहरुकोयादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ ।
 
* अहिलेको यादव भनेर प्रचलित जातिलाई गोआर, ग्वार, अहिरको साथै राउत पनि भन्ने चलन छ । राउतहरूको बस्ती बढी भएकोले 'राउत' बस्ती हुँदै कालान्तरमा रौतहट हुन गयो भनि अनुमान लगाउन सकिन्छ । यद्यपि यसको ठोस ऐतिहासिक प्रमाण छैन ।
पङ्क्ति ४२:
* स्थानीय जिल्लावासी श्री लक्ष्मीकान्त झाका अनुसार, "रौतहटमा राउत (यादव)हरूको संख्यामा बढी छ । त्यस्तै यहाँ हट बस्तीको संख्यामा पनि बाक्लै छ । यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो ।"
 
* त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजिक हाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरू कोइतिहासकारहरूको छ ।
 
* रौतहट जिल्लाको सदरमुकाम "गौर" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ । राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन । यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन ।
पङ्क्ति ५८:
गोरखाका राजा [[पृथ्वीनारायण शाह]]ले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन । तत्कालिन नेपाल उपत्यका (अहिलेको [[काठमाडौं|काठमाडौं उपत्यका]]) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा [[पृथ्वीनारायण शाह]]ले रौतहटदेखि [[महोत्तरी जिल्ला|महोत्तरी]]सम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए ।
 
सन् १७६४ मा१७६४मा [[इष्ट इण्डिया कम्पनी]] कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए । यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला [[गोरखा राज्य]]को मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन । सन् १७८३मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो । त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो ।
 
गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन । यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो । राजा [[पृथ्वीनारायण शाह]], [[प्रतापसिंह शाह]], राजमाता [[राजेन्द्रलक्ष्मी]], राजकुमार [[बहादुर शाह]] र जनरल [[भीमसेन थापा]]का दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा [[सिक्किम]], पश्चिममा [[सतलज]]को साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा [[गोरखपुर]]सम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा बुटवल, स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् विसं १८७१मा साम्राज्यवादी शक्ति इस्ट इण्डिया कम्पनीसँग युद्ध भएको थियो । यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ ।
पङ्क्ति ८७:
 
== प्रशासनिक विभाजन ==
स्थानीय प्रशासन सञ्चालन गर्नको लागि रौतहट जिल्लामा १ जिल्ला विकास समिति, १ नगरपालिका र ९६ गा.वि.स. हरुहरू छन ।
 
== मुख्य नदिहरुनदिहरू ==
बाग्मती, लालबकैया, अरुवा, झाँझ, पौराई, चाँदी ।
 
== खोलाहरुखोलाहरू ==
लामहा खोला, हर्दिया, धनसार खोला, गुजरा, खोडरी, भकुवा आदि
 
पङ्क्ति १०५:
[[नेपालको प्रशासनिक विभाजन|नेपालको क्षेत्रीय वर्गीकरण]]
{{रौतहटका गाविसहरू}}
{{नेपालका जिल्लाहरुजिल्लाहरू}}
 
[[श्रेणी:जिल्ला]]
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित