"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा →‎इतिहास तथा विकास क्रम: स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, को → को
पङ्क्ति १५:
== इतिहास तथा विकास क्रम ==
 
[[शाह वंश|राजा बीरेन्द्र]]बाट २०३८ साल असार १० गते तत्कालीन [[राष्ट्रिय पञ्चायत]]को ३२ औँ अधिवेशनलाई सम्बोधन गर्दा टेलिभिजन स्थापनाको संभाव्यताबारे श्री ५को सरकारले अध्ययन गर्नेछ भनी बक्स भएको थियो । तत्कालिन श्री ५ को५को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थालेबमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालयअन्तर्गत नेपाल टेलिभिजन परियोजनाको गठन गरियो । २०४२ साल असार १८ गतेको [[गोरखापत्र]] दैनिकको एक समाचारअनुसार "आर्थिक वर्ष २०४२/४३मा टेलिभिजनको सञ्चालन व्यवस्थितरूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गतेदेखि नेपाल टेलिभिजन परियोजना र वल्र्ड भ्यू इन्टरनेशनलको संयुक्त तत्त्वावधानमा विकासमूलक टेलिभिजन कार्यक्रम उत्पादन प्रशिक्षण सुरु भएको छ । यसैबीच नेपाल टेलिभिजन परियोजनाबाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेश गर्‍यो । त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजेसम्म सीमित थियो । सुरूमा यसले VHF र पछि UHF ब्याण्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्यो जुन [[काठमाडौं|काठमाडौं उपत्यका]] भित्र मात्र उपलब्ध थियो । त्यसै बेला नेपाल टेलिभिजन परियोजनाले गरेको एक सर्वेक्षणअनुसार काठमाडौँमा १ हजार २ सय ६६ वटा टेलिभिजनमात्र थिए । प्रसारण प्रारम्भ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यलयले जनाएअनुसार प्रति महिना ३ सय टेलिभिजन सेट नेपाल भित्रिन्थे । सुरुमा परियोजनाका रूपमा रहेको नेपाल टेलिभिजन २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो । परीक्षण प्रसारण सुरु हुँदा अल्ट्रा हाई फिक्वेन्सी च्यानलबाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थालेपछि भेरी हाई फिक्वेन्सी च्यानलबाट हुन थाल्यो ।
 
इ.सं. १९८७को [[सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगति गर्‍यो ।
पङ्क्ति २१:
बि.सं. २०५८ असार (इ.सं. २००१) देखि यसले प्रसारणको लागि [[भू-उपग्रह]] प्रयोग गर्न थाल्यो जसका लागि Sagarmatha Earth Station प्रयोग गर्ने गर्दछ ।
 
{{नेपालका सञ्चार माध्यमहरुमाध्यमहरू}}
 
[[श्रेणी:नेपाल सरकार]]
पङ्क्ति २८:
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाली सञ्चारगृहहरू]]
[[श्रेणी:टेलिभिजन]]
[[श्रेणी:नेपाली टेलिभिजन]]
 
 
[[en:Nepal Television]]