"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: hy:Սուն Յաթ-Սեն
सा सम्पादन, replaced: सहिद → शहीद using AWB
पङ्क्ति ९:
उनी आफ्नो पढाइ र पेशाका कारणले पनि उदार र प्रगतिशील चिन्तन थिए । कुइङ राजाहरूको राज्यसत्ताको विरोध गर्ने र प्रजातान्त्रिक पद्धति अनुकूलको राजनैतिक सुधार हुनुपर्छ भन्ने कुरामा उनी विश्वास राख्थे ।उन्नाइसौं शताब्दीको अन्त्यतिर चीनमा पनि राष्ट्रिय पुँजीपतिहरूको क्रमिक विकास हुँदै थियो । चीनको विकासको अवरोधका रूपमा घरायसी सामन्तवाद र विदेशी शोषणले गर्दा चिनियाँ जनता कष्टपूर्ण जीवन बाँच्न बाध्य थिए । चीनको विकासका लागि चीनका राष्ट्रवादी मध्यमवर्गीय व्यक्तिहरूले आर्थिक तथा सामाजिक सुधारका माध्यमले सामान्तवादको अन्त्य गर्न चाहे तर तिनीहरूको मध्यमार्गी प्रजातान्त्रिक सत्ता ल्याउने सोच असफल भयो । संवैधानिक सुधार र आधुनिकीकरणको चाहना राख्ने क्याङ ओवी, लियाङ कुइचाओ, तान सिरोङ र यान फूजस्ता सुधारकहरूलाई कुइङ सरकारले लत्याई दियो । सन् १९९८ मा विद्रोह को माध्यमबाट सुधारवादीहरूलाई सत्ताबाट हटाइयो र कतिलाई देश निकाला गरियो कतिलाई जेलमा कोचियो र केहीलाई भने मृत्युदण्ड पनि दिइयो ।
 
सुधारवादीहरूको असफलताले गर्दा केही क्रान्तिकारीहरूमा नयाँ चेतना आयो । शक्तिशाली साम्राज्यवादी देशहरूले चीनका विरुद्धमा डरलाग्दो आक्रमण सुरु गरे यी देशहरूको संयुक्त आक्रमणले गर्दा चीन अति नराम्रोसँग लुटियो । धेरै चिनियाँ नागरिकहरू मारिए । यसले गर्दा चिनियाँ जनताले प्रजातान्त्रिक आन्दोलन सुरु गरे । ज्याङ विङलिङ, जाउ रङ, चेन तिन्हुवा र कुई जिनसमेत नेताहरूले क्रान्तिको नेतृत्व गरे । उनीहरूले जनतालाई क्रान्तिको झण्डा उठाउन, तरबार समाउन र युद्धमैदानमा खडा भएर चीन लुट्ने साम्राज्यवादीहरू विरुद्ध उत्रन जनतालाई अपील गरे । ती क्रान्तिकारीका उद्देश्य र भनाइहरू, कामहरू बहादुरीपूर्ण बलिदानी र अनुकरणीय थिए । ज्याङ विङलिङलाई जेलमा हालियो र पछि देश निकाला गरियो । जाउ रङ एक्काइस वर्षकै उमेरमा जेलमै मरे । कुई जिनलाई सहिदशहीद बनाइयो । उनी त्यो बेला तेइस वर्षका मात्र थिए । ती क्रान्तिकारीहरू आफ्नो लक्षमा सफल नभए पनि उनीहरूले क्रान्तिलाई अग्रगति दिन सफल भए । उनीहरूले फैलाएको चेतना र प्रजातन्त्रका लागि खनेको क्रान्तिको गोरेटोले प्रजातान्त्रिक संस्था जन्माउने वातावरण बनायो ।
 
अगस्ट २०, १९०५ का दिन सन यात-सेनको नेतृत्वमा केही क्रान्तिकारीहरूले टङ मेङ हुई 'चाइनिज रिभोलुसनरी लिग' नाम गरेको चीनको पहिलो मध्यमार्गी पार्टी गठन गरे । सन यात-सेनले क्रान्ति सफल पार्न तीनवटा प्रमुख क्रान्तिहरू एकैसाथ हुनुपर्ने प्रस्ताव गरे । एकैपटक राष्ट्रिय, राजनैतिक र सामाजिक क्रान्ति गर्ने उनको प्रस्ताव थियो । चाइनिज रिभोलुसनरी लिगले क्रान्तिकारी कार्यक्रम प्रस्तावित गर्‍यो जसमा मन्चु वंशको अन्त्य, चीनको पुनर्उत्थान र गणतन्त्र स्थापना । आर्थिक कार्यक्रममा जमिनको स्वामित्वमा समानता भन्ने नारा थियो ।
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित