"तृतीय (कम्युनिष्ट) इन्टरनेसनल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:1919 I Kongres Kominternu Moskwa.jpg|thumb|कम्युनिष्ट इन्टरनेसनलको पहिलो महाधिवेशन]]'''तृतीय (कम्युनिष्ट) इन्टरनेसनल''' -एउटा अन्तर्राष्ट्रिय क्रान्तिकारी संग्ठन थियो । २-६ मार्च १९१९ मा [[मास्को]]मा बसेको कम्युनिष्ट इन्टरनेसनल (कमिन्टरन)को पहिलो महाधिवेशनमा स्थापित । कमिन्टरनले आफ्नो आधारभूत सिद्धान्तहरू यस प्रकारले निर्धारित गरेको थियो - साम्यवादी व्यवस्थाको अनिवार्थ रूपमा पुँजीवादी सामाजिक व्यवस्थाको स्थान लिने छ, बुर्जुवा सरकारहरू हटाउनको लागि सर्वहारावर्गको क्रान्तिकारी संघर्ष अनिवार्य छ, बुर्जुवा राज्यको निर्मूलन र नयाँ किसिमको राज्य, सर्वहारा राज्यको सिर्जना हुनुपर्छ, यस्तो राज्य सोभियत किसिमको हुनेछ र यसले साम्यवादी समाजमा संक्रमणको लागि तयारी गर्नेछ । <ref name="vil">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ३३५</ref>
 
तृतीय कम्युनिष्ट इन्टरनेसनलको मजदुर आन्दोलनमा अवसरवादको झण्डाफोर गर्ने, विभिन्न राष्ट्रहरूका श्रमिक जनताबीचको सम्बन्ध पुनर्स्थापना गर्ने र विश्वका कम्युनिष्ट पार्टीहरूको सिर्जना एवं सुदृढीकरण गर्ने काममा निकै ठूलो भूमिका खेलेको थियो । <ref name="vil"/>