"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
 
'''रामेछाप''' '''सिन्धुली''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]मा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो । राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले यसएक क्षेत्रकोविकेट कर्णालीक्षेत्र हो । राजधानी छोएको [[काभ्रेपलाञ्चोक जिल्ला]], चीनसँग सीमा जोडिएका [[दोलखा जिल्ला|दोलखा]] र [[ओखलढुङ्गा जिल्ला]] र तराई छोएको [[सिन्धुली जिल्ला]]को बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त श्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ ।
रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा [[कृष्णलाल अधिकारी]], सहिद [[गङ्गालाल श्रेष्ठ]] र [[नेपाल कम्युनिष्ट पार्टी]]का संस्थापक महासचिव [[पुष्पलाल श्रेष्ठ]]को जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ ।
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो । विक्रम सम्बत २०५६को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ । मध्य [[महाभारत पर्वत श्रृङ्खला]]देखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ । कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ ।
पङ्क्ति ४०:
* क्षेत्रफल:- १,५४६ वर्ग किलोमिटर
* अवस्थिति:- मध्यपहाड
* औषतऔसत लम्बाई:-
 
भौगोलिक रुपमा हेर्दा रामेछाप हलो अथवा मोजा आकारको देखिन्छ । रामेछापको सबैभन्दा कम उचाई भएको स्थान लिखु र सुनकोसीको संगम कोलोन्जोरघाट (४२६ मिटर) हो भने सबैभन्दा उच्च भाग नुम्बुर हिमचुली (६,९५८ मिटर) हो । रामेछाप पहाडी जिल्ला भए पनि तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरीजस्ता खोला र नदीले बनाएका स-साना उर्वरा फाँटहरु पनि प्रशस्तै छन् । रजमनटार, मुँगीटार, द्यौरालीटार, जखनीटार, सित्खाटार, टारीखेत, खिम्तीबेसी, विर्ताटार आदि स्थान उत्पादन र बसाईका लागि उत्तम मानिएको छ।