"कोफी अन्नान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
==बाल्यकाल तथा शिक्षा==
कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो । उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ । उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१ मा मृत्यू भयो । उनीहरूको बीचको संयूक्त नाम "अट्टा"को अर्थ [[फान्टे भाषा|फान्टे]] र [[आकन भाषा|आकन]] भाषामा "जुम्ल्याहा" हुन्छ । उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरुका हजुरबुवा र काकाहरू [[आदिवासी समुदाय]] प्रमूख थिए ।<ref>[http://www.williamshawcross.com/index.php?page=annan "Kofi Annan – The Man To Save The World?"], ''Saga Magazine'', November 2002</ref>
 
कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म [[केप कोस्ट]]मा १८७० तिर स्थापना भएको मेथोडिस्ट [[आवासिय विद्यालय]] एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरे । १९५७ मा अन्नानले स्नातक तह पास गरेकै बर्ष घाना ब्रिटेनबाट स्वतन्त्र भएको थियो । १९५८ मा उनले कुमासी कलेज अफ साइन्स एन्ड टेक्नोलोजी ( हालको क्वामे क्रुमाह कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, घाना)मा अर्थशास्त्र विषयको अध्ययन शुरू गरे ।
 
==करियरको प्रारम्भ==
"https://ne.wikipedia.org/wiki/कोफी_अन्नान" बाट अनुप्रेषित