"विमान चालक" का संशोधनहरू बिचको अन्तर

सा User-controlled robot: Table syntax updated
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५१:
* [[Wright brothers|Orville र Wilbur Wright]]
* [[Chuck Yeager]]
खुट्टा नभएका विमान चालक
|}
मानिसमा 'केही गर्छु' भन्ने आत्मबल हुनुपर्छ, शारीरिक अपाङ्गताले त्यसलाई रोक्दैन । डगलस बेडर यस्तै एक आत्मविश्वासी व्यक्ति थिए, जसले दुवै खुट्टा गुमाएर पनि आˆनो आत्मबल, आत्मविश्वास गुमाएनन् र अन्ततः युद्धमा सहभागी भएर आˆनो मुलुकलाई विजयी बनाउन महìवपूर्ण भूमिका निर्वाह गरे ।
 
बेडरको जन्म सन् १९१० फेब्रुअरी २१ मा भएको थियो । उनी बेलायतको रोयल एयर फोर्समा विमान चालक थिए । दोस्रो विश्वयुद्धमा उनले विभिन्न हवाई आक्रमण सफलतापूर्वक सम्पन्न गरे । शत्रुका थुप्रै विमान खसाले । उल्लेख्य पक्ष त, दोस्रो विश्वयुद्धमा सहभागी हुँदा उनले आˆनो दुवै खुट्टा गुमाइसकेका थिए ।
 
बेडर सन् १९२८ मा बेलायतको रोयल एयर फोर्समा प्रवेश गरे । सन् १९३१ मा हवाइकला प्रदर्शनको क्रममा दुर्घटनामा परी उनले दुवै खुट्टा गुमाए । तै उनको ज्यान भने जोगियो । दुर्घटनाले उनलाई निराश तथा हतोत्साहित बनाएन । उल्टो वायु सेनामा रहिरहने दृढ निश्चय गरे । दुवै खुट्टा गुमाएका कारण उनलाई वायुसेनामा राख्न सकिँदैन थियो तर उनले हरेश खाएनन् । विमान उडानसम्बन्धी तालिम लिए । कठोर परीक्षामा उत्तीर्ण भए । विमान चालकको नोकरीलाई जारी राखिदिन उनले आग्रह गरे । यस्तो स्थितिमा के गर्ने भन्ने नियम त थिएन तर स्वास्थ्यको कारण देखाई उनलाई अवकाश दिइयो । दोस्रो विश्वयुद्ध भएपछि विमान चालकहरू खाँचो पर्‍यो । बेडरलाई रोयल एयर फोर्सको सेवामा फिर्ता बोलाइयो । उत्साहित बेडरले अवसरको राम्रो सदुपयोग गरे । उनले शत्रु पक्षका एक सयभन्दा बढी विमान खसाले । तीन पटक दुश्मनको जेलबाट भागे । बेलायत सरकारले उनलाई थुप्रै सम्मानबाट सम्मानित पनि गर्‍यो । वास्तवमा दुवै खुट्टा गुमाएर पनि उनले दोस्रो विश्वयुद्धमा वीरतापूर्वक लडे र शत्रुलाई फलामका चिउरा चखाए । उनी वास्तवमा दोस्रो विश्वयुद्धका नायकहरूमध्ये एक थिए ।
 
सन् १९८२ सेप्टेम्बर ५ मा उनको निधन भयो ।
{{TranslationFromEnglish}}
 
"https://ne.wikipedia.org/wiki/विमान_चालक" बाट अनुप्रेषित