सा
अर्ध स्वचालित हिज्जे सम्पादन गर्दै, typos fixed: केन्द्रिय → केन्द्रीय using AWB
सा (Bot: Fixing redirects) |
सा (अर्ध स्वचालित हिज्जे सम्पादन गर्दै, typos fixed: केन्द्रिय → केन्द्रीय using AWB) |
||
[[File:J.n (2).jpg|thumb|200px|right|झलनाथ खनाल]]
'''झलनाथ खनाल''' नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २०मा प्रधानमन्त्री निर्वाचित भएका खनाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को अध्यक्ष पनि हुन्। विसं २००६ साल चैत ६ गते [[इलाम जिल्ला]]को [[साँखेजुङ]]मा जन्मेका खनाल हाल [[इलाम जिल्ला]] क्षेत्र नं. १ बाट [[संविधान सभा]] सदस्यमा निर्वाचित भएका हुन्। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>। खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका यिनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्।
[[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनैतिक यात्राको सुरुवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसंग जनवादी विवाह गरे। राजनैतिक जीवनको सुरुवातसंगै विज्ञान विषयको शिक्षकका रुपमा जागिरे जीवन बिताए। उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए। राजनीतिमा संलग्न भएकै कारण जागिर गुमाउन बाध्य भएपछि खनाल पूर्णरुपमा राजनीतिमा सकि्रय भएका थिए। २०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव रहे। २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको
== राजनैतिक जीवन ==
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-४को पण्डितगाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घरपरिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनैतिक चेतना आयो उनको राजनैतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलनप्रति भयो। खनालले राजनैतिक जीवन २०२१ सालदेखि शुरू गरे। मेची विद्यार्थी संगठनको अध्यक्षबाट उनको राजनैतिक यात्रा सुरू भयो।<ref name="नागरिक न्यूज डट कम">नागरिक न्यूज डट कम</ref> २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए।
|