"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९:
 
== नेपाली विकिपीडियाको इतिहास एवं परिचय==
नेपालका केही उत्साही युवाहरूले सन् २००४ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरेका थिए। हाल नेपाली भाषामा १०१९ हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भनें २२४२ हजार भन्दा बढी छन्।
नेपाली विकीमा हालसम्ममा ५ हजार २ सय ९७ जना प्रयोगकर्ता (Users) दर्ता भएका छन् जसमध्ये सरदर ५५ जना सकृय रहन्छन्। अहिले नेपाली विकिपीडियामा जना [[विकिपीडिया:प्रवन्धकहरू]] छन् जसमध्ये हाल जना भारतमा र ३ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्।
विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [http://pi.wikipedia.org पाली भाषा]।
लेखहरू व्यवस्थित गर्न र त्यसमा कुनै विवाद आइपरेमा समाधान गर्न र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा [[विकिमिडिया नेपाल]] नामक संस्था स्थापना भएको छ। यसले [[विकिमिडीया फाउण्डेसन]]को प्रतिनिधित्त्व गर्दै कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने समेत कार्य गर्नेछ।