"साम्यवाद" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: as:সাম্যবাদ
बिषयबस्तु थपियो ।
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''साम्यवाद''' एउटा सामाजिक-आर्थिक संरचना एवं राजनैतिक विचारधारा हो।हो । साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ| यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ।हुन्छ । साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ| । साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउछ ।
 
== इतिहास ==
प्रथम विश्वयुद्ध समाजवादी आंदोलनको लागि एउटा महत्वपूर्ण घटना थियो। एकापटि युद्धको शुरुवात सँगै समाजवादी आन्दोलन र यसका अन्तर्राष्ट्रीय संगठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पटि रूसमा रुसी क्रान्ति क्रांति (अक्टूबर-नंवबर 1917मा१९१७ मा भयो अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो जसले गर्दा संसारको समाजवादी आंदोलनमा गहिरो असर परयो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी पार्टीहरुको यो मत थियो कि पूंजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी पार्टीद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनैतिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्छ| तर जब युद्ध शुरु भयो, रूस र इटलीका समाजवादी पार्टीलाई छोडेर अरु सबै पार्टीहरुको बहुमतले आ-आफ्नो सरकारहरुको नीतिलाई समर्थन गरे। समाजवादीहरुको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे| पछि गएर यिनीहरुमध्ये कतिपय लेनिन र उनको साम्यवादी अन्तर्राष्ट्रीय संगठनका समर्थक बने। परंतु विभिन्न देशहरुका समाजवादी आंदोलनहरुको परस्पर विरोधी युद्धनैतिको कारण उनीहरुको एकता समाप्त भयो|
 
बोल्शेविक पार्टी रूसका समाजवादी पार्टीहरु मध्येको एउटा पार्टी थियो| १९१७को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभूमि अन्य यूरोपीय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य यूरोपको अग्रणी देशहरुभन्दा उद्योग धन्धामा पछाडिएको थियो, यसकारण त्यहाँ मजदूर वर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन् | त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमननैतिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग अवरुद्धप्राय थियो| यिनै परिस्थितिहरुद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण कम्यून (समुदाय)लाई आफ्ना विचारहरुको आधार मान्थे तथा क्रांतिकारी मार्गद्वारा जारशाहीको नाश नैं लोकतन्त्रवादको सफलताको लागि प्रथम सीढि मानेका थिए| ती विचारकहरुमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरुबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रांति तर्फ अग्रसर भए| यस प्रकार नरोदनिक (Narodnik) जन आंदोलनको सूत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya, '''जनेच्छा''') संगठन बनियो। सन् १९०१मा यसको नाम सामाजिक क्रांतिकारी (Social Revolutionary Party) राखियो | सन् १९१७को बोल्शेविक क्रांतिको समयसम्म यो रूसको सबैभन्दा ठूलो समाजवादी पार्टी थियो| परंतु यसको प्रभावक्षेत्र अधिकांशत: ग्रामीण जनता थिए। यसको वाम पक्षले बोल्शेविक क्रांतिको समर्थन गरयो।
पङ्क्ति १३:
 
[[श्रेणी:राजनैतिक विचार]]
[[श्रेणी: आर्थिक]]
[[श्रेणी: सामाजिक]]
 
{{Link FA|cs}}
Line १३८ ⟶ १४०:
[[zh-min-nan:Kiōng-sán-chú-gī]]
[[zh-yue:共產主義]]
 
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/साम्यवाद" बाट अनुप्रेषित