"हृदयघात" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, removed orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
'''हृदयघात'''
 
मुटुरोग जानकारी
==बच्ने उपाय==
विश्व व्यापी रुपमा भइरहेको औद्योगिकरण र मानव जीवनमा भइरहेको जीवन शैलीको परिवर्तन संगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ । पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरुमा मुटुरोग महामारीकै रुपमा फैलिने भविष्यवाणी गरेको छ । मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ ।
कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरु
साँगरुो वा बन्द हुनाले लाग्ने रोग हो । ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो
। यो रोग बिशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरुमा देखिन्छ तर आजकल यो
रोग युवा उमेरका मानिसहरुमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ । हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । नेपालमा १० वर्षता मुटुरोगीहरुको संख्यामा पाँच गुणाले वृद्धि भएको छ । हाल नेपालमा १८ वर्षउमेरमाथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ । यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ ।
कोरोनरी मटु रोगका कारक तत्वहरु
धुम्रपान ( चुरोट, सुर्ती, सेवन ), उच्च रक्तचाप, मधुमेह, रगतमा बढी कोलेस्टेरोल, बढूदो उमेर
मोटोपन, कम शारीरिक परिश्रम गर्ने, बढी चिल्लोयुक्त खानेकुरा खाने, विलासी जीवनशैली
निजकका नातेदारहरुमा यो रोग भएमा वंशाणगु त रुपमा हुनसक्ने नै यस रोगका तत्त्वहरु
हुनू।
 
मुटुरोगका प्रमुख लक्षणहरु
मुटुरोगका लक्षणहरुबारे धेरैलाई जानकारी छैन । यसकारण मानिसहरु ढिला गरी उपचारका लागि अस्पताल वा डाक्टरकहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरु सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, धाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरु दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो,औंलाका टुप्पाहरु नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरु हुन सक्छन् ।
􀂃 शारारीक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर
ढुङ्गाले थिचेको जस्तो अनुभव हुन्छ । आराम गरेपिछ हराएर जान्छ । यो लक्षणलाई
एन्जाइना भनिन्छ।
􀂃 कसै- कसैलाई भने पहिलो पटक नै असहूय तरिकाले छाती दख्नु, देब्रे छातीतिर झनै श्वास
फेर्न गार्हो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरु देखिन्छन्,
जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडी नै मृत्यु हुन्छ।
 
हृदयघातबाट बच्नको लागि मैले के गर्न सक्छु त?
स्वस्थ भोजन: प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।
नियमित शारिरिक कसरत / व्यायाम गर्नुहोस्: दैनिक रुपमा ३० मिनेट (आधा घण्टा) मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।
धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्: सूर्ति / तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी-सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु) को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।
मुटुका केही रोगहरु जस्तै- उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरु नहुन पनि सक्छ । यी रोगहरु परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ ।
नियमित जाँच गरी हृदयघातको जोखिम नियन्त्रण
रक्तचाप थाहा पाइराखौँ: रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ। नियमित रुपमा आफ्नो ब्लडप्रेसर नापी राख्नुस्!
रगतमा ग्लुकोजको मात्रा बढ्नु हृदयघात हुने सक्ने सम्भावना बढ्नु हो ; त्यसैले यदि तपाईलाई मधुमेह (डाइबिटिज) छ भने आफ्नो रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु एकदमै आवश्यकता पर्दछ।
त्यसै गरी रगतमा हुने कोलेस्ट्रोलको मात्रा बढ्नु पनि मुटुको लागि घातक हुन्छ। स्वस्थ खाना, शारीरिक व्यायाम र आवश्यक परेमा औषधीको सेवन गरेर पनि कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ। बेलाबेलामा रगतमा कोलेस्टेरोल को मात्रा र मुटुको E.C.G गराउनुपर्छ l
नेपालमा मुटु सम्बन्धि गरिने शल्यक्रिया एन्जियोप्लास्टी र बाइपास उपचार उपलब्द छl हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर यो उपचार गराउन सक्छन्।
 
लेखक्: राजन् पौडेल
 
==रोगको लक्षण==
==सावधानी==
"https://ne.wikipedia.org/wiki/हृदयघात" बाट अनुप्रेषित