"राजोपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
इतिहास हेर्दा राजोपाध्यायहरू विभिन्न कालखण्डमा नेपालमा अएका देखिन्छन् । उनीहरूमध्ये केही पूर्व लिच्छविकालमा, लिच्छविकालमा विभिन्न राजाहरूका समयमा, मल्ल राजाहरूसँगै सिम्रैनगढ राज्यबाट, विभिन्न मल्ल राजाहरूका कालमा तथा शाह कालमा समेत काठमाडैँ उपत्यकामा नेवार राज्य चलाउन प्रवेश गरेका देखिन्छन् ।
 
उपत्यकाका ठूल्ठूला मठमन्दिरहरूको पुजारी धेरै अघि राजोपाध्यायहरू नै थिए । अद्यापि चार नारायणहरू चाँगु, इचंगु, विशंखु र शेष नारायणमा राजोपाध्याय नै पुजारी छ्न् । प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पनि राजोपाध्यायहरू एक ताका पुजारी रहिसकेको इतिहास पाइन्छ । काठमाडैँ उपत्यकामा पर्ने तीनवटै प्रमुख तलेजु मन्दिरहरूमा पनि राजोपाध्याय पुजारी नै छन् । त्यसैगरी, काठमाडैँको मखन टोलमा श्री महीन्द्रेश्वर महादेव मन्दिर, अट्को नारायण मन्दिर, राम मन्दिर, पशुपति क्षेत्रको श्री दक्षिणामूर्ति मन्दिर, राम मन्दिर, ललितपुरमा दश महाविद्या देवी अन्तर्गत पर्ने देवीहरू, सिद्धीलक्ष्मी पूर्णचण्डी मन्दिर, प्रसिद्ध कृष्ण मन्दिर अदिमा हालसम्म पनि राजोपाध्यायले मात्र पूजा गर्न पाउँछन् ।
 
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/राजोपाध्याय" बाट अनुप्रेषित