"राजोपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
== Introductionपरिचय ==
 
'''राजोपाध्याय''' प्राचीन नेवार समुदायका ब्राह्मण पुरोहितहरू हुन् । उनीहरूलार्इ स्थानीय नेपाल भाषामा द्य बाज्या, द्य ब्रह्मु, द्य ब्राह्मण पनि भनिन्छ । प्राचीन नेवार राज्यहरूमा राजा तथा राजपरिवारका गुरू, पुरोहित तथा राजनीतिक, अर्थिक, सामाजिक, कुटनीतिक इत्यादिका मामिलामा राजोपाध्यायहरूले सल्लाहकारको भूमिका समेत निभाएका थिए । राजोपाध्यायहरू विशेषतः नेवार समुदायमा तान्त्रिक गुरूका रूपमा चिनिन्छन् । विश्वमा धेरैजसो ठाउँहरूमा लोप भइसकेको वा लोपोन्मुख अवस्थामा रहेका कतिपय तान्त्रिक परम्पराहरूलार्इ अद्यापि यो समुदायले अफ्ना रीतिरिवाज मार्फत् बचाइरहेका छन् ।
पङ्क्ति ५:
नेवार संस्कृतिको काठमाडैँ उपत्यका लगायतका क्षेत्रहरूमा बलियो जग बसाल्न राजोपाध्याय गुरूहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
 
== History इतिहास==
राजोपाध्यायको इतिहास तत्कालीन नेपाल मण्डलमा पूर्व लिच्छविकालीन समेत पाइन्छ । केही विज्ञहरूले राजोपाध्याय थरीहरू नेपालकै अदिवासी हुन् भनी दाबी समेत गरेका छन् । <ref>Prof. Baldev Juju in an interview posted in http://www.rajopadhyaya.info and Mr. Chakra Dharananda Rajopadhyaya in his article "राजोपाध्यायहरू नेपालका अदिवासी हुन्" published in Khopring</ref>
"https://ne.wikipedia.org/wiki/राजोपाध्याय" बाट अनुप्रेषित