"श्रेणी:नेपालको एकीकरणकाल" का संशोधनहरू बिचको अन्तर

/* नेपाल एकिकरण मा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने ना
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[फ्रान्सीस बुचानन]] लगायतका इतिहासकार हरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज) मा बाँडीए पनी कस्मीर देखी भुटान सम्मको हिमालय पाहाडको दक्षीण तथा गंगाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र हो भनेका छन । नभन्दै त्यो भनाइमा सत्यता पनी पाइन्छ कस्मीर राज्य बाट पुर्व लागेपछी [[भुटान]] सम्म प्राय उस्तै प्रकार को रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजा हरूले सके सम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षीण भारतीय क्षेत्रमा राज्य बिश्तारको प्रयास कमै गरेका छन चाहे ति [[राजा मानदेव]] हुन, चाहे जुम्लाका [[राजा जितारी मल्ल]] हुन या उपत्यका का [[राजा यक्ष मल्ल]] व त पाल्पा का [[राजा मणीमुकुन्द सेन]] अथवा गोरखा का राजा [[पृथ्वी नारायण शाह]] नै किन नहुन । नभन्दै इलाम को घर मा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै [[दार्जलिङ]] देखी जलपाइ गुडी सम्म खाइन्छ त्यस्तै डोटीकै जस्तो चलन र बैतडीका जस्तै चन्द हरू सिमलामा पनी पाइन्छन ।
 
नेपालको इतिहासमा नेपालो स्पष्ट हुनसकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ । राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो तर एकीकृत नेपाल लाइ माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जिवनकाल का बाडेर गए ।तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाल लाइ पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए ।अहिले को नेपाल पृथ्वी नरायण शाह ले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भुभाग हो ।
पङ्क्ति ८:
पृथ्वी नारायण शाह ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंस लाइ पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए । पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनी नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायत ले अगाडी बढाइ रहे । नेपाल एकिकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अंग्रेज युद्ध जस्लाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनी भनिन्छ पछी भयो ।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठुलो बिशाल नेपाल को इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भुभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनि]] सरकार लाइ सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनी त्याग्नु पर्यो । तर बृटीस ले नेपाल लाइ १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जंग[[जङ्गवाहदुर वाहदुरराणा]] को क्रिया कलाप बाट खुसी भएर राप्ती देखीमाहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।