"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''मैतीदेवी''' [[काठमाडौं|काठमाण्डौ उपत्यका]]का प्रसिद्ध शक्तिपीठहरुमध्ये एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ । चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरु पाइन्छ ।
 
जनश्रुतिहरुअनुसार पौराणिककालमा पञ्चकन्याहरु आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरुलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रुपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो । त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे । त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए । त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरु मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए । त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरुलाई बताए । पञ्चकुमारीहरुलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन् । त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन् ।
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित