"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (रोबोट ले थप्दै: my:ကြိတ်မှန်ပင်
सा Bot: Fixing redirects
पङ्क्ति १७:
|}}
 
वैज्ञानिक नाम '''''Eclipta alba''''' (L.) Hassk. ([[syn.]] '''''Eclipta prostrata''''' L.),भएको यो वनस्पतिलाई अङ्ग्रेजीमा '''False Daisy''','''Daisy weed''' , '''yerba de tago''' आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आदि नामले चिनिन्छ । '''Asteraceae''' वा '''Compositae''' परिवारमा पर्ने यस वनस्पतिमा भएको औषधीय गुणले गर्दा यसलाई अत्यन्तै उपयोगि जडीबुटिकोरूपमा विश्वभर प्रयोग गरिन्छ । साधारणतया भृङ्गीराज संसारभर ओशिलो ठाँउमा उम्रने गर्दछ । मुख्यगरी [[भारत]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[थाइल्याण्ड]] र [[ब्राजिल]]मा प्रसस्त मात्रामा पाइने यो वनस्पति [[नेपाल]]मा पनि पाइन्छ । आयुर्वेदमा भृङ्गीराजको पातलाई अत्यन्तै शक्तिशालि टनिककोरूपमा प्रयोग गरेको पाइन्छ भने यसबाट निकलिएको सारतत्व (extract) शक्तिवर्धक र कपालको औषधीको रूपमा प्रयोग हुन्छ । त्यस्तै भृङ्गीराजबाट निकालिएको कालो रंग कपाल रंगाउन तथा टाटु बनाउन प्रयोग गरिन्छ । परम्परागत रूपमा यसलाई खुट्टामा हिलोले खाएको (athlete foot), दाद, लुतो जस्ता विभिन्न चर्मरोगहरूमा प्रयोग गरिदै आएको पाइन्छ । चीन तथा ब्राजिलमा यसलाई सर्पले टोकेको बेलामा विषनाशक औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यतिमात्र नभएर यसको नियमित प्रयोगले कपालको वृद्धि, झर्ने समस्याको समाधान तथा कालोपना कायम रहने विश्वास गरिन्छ ।
 
== भृङ्गीराजका स्थानीय नामहरू ==
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित