"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: लाई → लाई, मा → मा (8), को → को (4) using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १३:
उनी आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्दथिन्। उनले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो। बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन्। रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो।
युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर यिनी कहिले पनि विचलित हुन्नथिन्। सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन्। यसै बेला उनले ''नोट्स अन नर्सिङ'' पुस्तक लेखिन्। जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन्। सन् १८६९मा उनलाई [[महारानी भिक्टोरिया]] ले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। ९० वर्षको उमेरमा [[१३ अगस्ट|१३ अगस्त]], [[१९१०]] मा उनको निधन भयो।
 
फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा आएने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ।