"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
सा (r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: be-x-old:Падкарэнная залоза)
सा (Bot: Fixing redirects)
यो ग्रन्थि १५-२० [[ग्राम]]को हुन्छ । यसका ३ भागमध्ये दायाँ-बायाँ रहेका दुई भाग उमेर बढ्दै जाँदा छिटोछिटो वृद्धि हुन्छ तर बीचको भाग सामान्यतया कम बढ्छ । यसले [[पिसाब]] सञ्चालनमा बढी बाधा हुने गर्छ । ग्रन्थि र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बनेको एउटा ग्रन्थि हो प्रोस्टेट । यो कम लचकदार हुन्छ र पिसाब प्रवाहमा असर गर्छ । शिशु अवस्थामा प्रोस्टेट ग्रन्थि ज्यादै सानो हुन्छ र वयस्क सुरु भएपछि प्रत्येक ३ वर्षमा २ गुनाले वृद्धि हुन्छ । २० वर्षमा यो ग्रन्थि १५-२० ग्रामसम्मको हुन्छ तर ३०-५५ वर्षको उमेरमा करिब साढे ४ वर्षमा दुगुना हुने गरेर वृद्धि हुन्छ । त्यसपछि ५५-७० वर्षसम्म ग्रन्थिको वृद्धि भए पनि रफ्तार केही कम भएर दुई गुना वृद्धि हुन १० वर्ष लाग्ने हुन्छ । ७० वर्षपछि पनि ग्रन्थिको वृद्धि हुने प्रक्रिया कम रफ्तारमा भए पनि जारी नै रहन्छ ।
 
'''प्रोस्टेट''' ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ। सामान्यतः [[पुरुष]] ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० [[बर्ष|वर्ष]] उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ। पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर [[यौन]] सम्पर्कलाई आद्र एवं सहज बनाउँछ । साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ। जब प्रोस्टेट ग्रन्थिमा [[कोष]]हरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा [[तौल]] वृद्धि हुँदै जान्छ।सुरुमा प्रोस्टेट ग्रन्थि वृद्धि हुँदा मूत्र नलीको भागको छेउछाउमा रहेका ग्रन्थिको वृद्धि हुने गर्छ । प्रोस्टेट ग्रन्थिको खोलको लचकता सीमित हुने भएकाले यसको वृद्धि हुँदा पिसाब अवरोधका केही लक्षणहरू देखा पर्छन् । फलस्वरूप [[मूत्र]] थैलीका मांसपेशी मोटो हुने र मांसपेशीबीच खाल्टो हुन सुरु हुन्छ । यस्ता खाल्टा भएका मूत्र थैली सामान्यभन्दा निकै कमजोर हुन्छन् । समय बित्दै जाँदा यी मांसपेशीलाई रेसायुक्त तन्तुले प्रतिस्थापन गर्दै जान्छ । थैली अझै बढी शक्तिहीन भई मूत्र सञ्चालन गर्न अक्षम बन्छ । यस्तो अवस्थामा [[बिरामी]] कमजोर [[वेग]]ले पिसाब फेर्ने, [[लामो]] [[समय]] लगाउने र थैलीमा भएको सबै पिसाब निखार्न नसक्ने हुन्छ। त्यसका अलावा मृगौलाबाट पिसाब थैलीमा मूत्र सञ्चालन गर्न मूत्र वाहिनी नलीहरू पनि फुल्ने गर्छन् र यो क्रम अगाडि बढे मृगौला पनि फुल्ने गर्छ । ग्रन्थि जति बढ्यो त्यति नै मूत्र नली साँघुरिने र लम्बिने हुन्छ ।
 
प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न [[लक्षण]] देखापर्ने गर्छ । ५० [[बर्ष|वर्ष]]मा प्रायः ४० [[प्रतिशत]] पुरुष मूत्रत्याग गर्ने सिलसिलामा विभिन्न [[लक्षण]]अनुभव गर्ने गर्छन् । [[कोष]]हरूको मृत्यु र नयाँ पैदा हुने कोषहरूबीचको सन्तुलन बिग्रनु नै ग्रन्थि वृद्धि हुनुको मुख्य कारण मानिन्छ । यो सन्तुलनमा देखा पर्ने फरकमा हर्मोनको असन्तुलनले धेरै असर पार्छ । वंशमा प्रोस्टेट ग्रन्थिको वृद्धि हुनेहरूको बीच यो [[रोग]] देखा पर्ने सम्भावना ज्यादै उच्च हुन्छ साथै यस्ता बिरामीको प्रोस्टेट वृद्धि ज्यादै धेरै तौल हुने गरी ६० वर्षभन्दा कम उमेरमै हुने गर्छ।उदाहरणका निम्ति [[वंश]]मा प्रोस्टेट हुने पुरुषको प्रोस्टेट वृद्धि भएर ८० ग्रामभन्दा बढी पुग्दा यो [[रोग]] वंशमा नहुनेहरूमा ५५ ग्रामसम्मको मात्र हुन्छ ।
 
प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्:-
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/212539" बाट अनुप्रेषित