"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
भित्री मधेस भनेको नेपालको पाहाडी क्षेत्र र तराइ क्षेत्रका बिच बिभिन्न ७ वटा [[उपत्यका]] हरूको समुह हो यस समुहका उपत्यका लाइ भित्री तराइ अथवा भित्री तराइका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराइ भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पस्चीम राप्ती उपत्यका) ४. चितवन (नारायणी पुर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)यि भित्री मधेस भनीने उपत्यका हरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्र संग छुट्रएका छ भने तराइसंग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठुला रहेका यि उपत्यका हरू पाहाडी उपत्यका (काठमाण्डौ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानी का लागी तराइक्षेत्रसंग केही समानता रहेपनी अन्यकुराहरूमा पाहडी क्षेत्रसंग बढीमेल खान्छ किनकी नेपालको धेरै ठांउमा यि उपत्यका पाहड र तराइ बिचका सांघुपनी हुन।
 
== [[जोगबुढा]] उपत्यका ==
डडेल्धुरा जील्लामा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसीध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जील्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भएतापनी क्रमश बिकसीत हुदैछ ।जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाइ जोगबुढा उपत्यका पनी भनीन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
 
== [[जोगबुढा उपत्यका]] उपत्यका ==
बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन ।
दुर संचारमा टेलीफोन एस टि डि , अाइ एस टि डि तथा इमेल इन्टरनेटको सुबीधा पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुइ शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तीर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन । दाडको बारेमा अझबढी जानकारीका लागी त्रिभुवन नगर नगर पालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अंग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनी मध्दत गर्न सक्छन ।
 
== [[देउखुरी]] (राप्ती उपत्यका) ==
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो अन्य साना ठुला नदी तथा खोला हरू पनी अन्तत उपत्यका भित्रै या उपत्यका बहीर निस्केर राप्तीमै मिल्दछन । दाङ उपत्यकाको पुर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनी अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाइ नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा शव्स्थ को पनी बिकास हुदैछ साथै [[लमही]], भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनी बिकास हुदै गइरहेको छ ।
 
== [[चितवन उपत्यका]] (नरायणी पुर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्याका लाइ नारायणी पुर्बी राप्ती उपत्यका पनी भनीन्छ । पुर्वमा मकवानपुर जील्लाको हेटौडा देखी पस्चीममा दाउन्ये पाहाड तथा दक्षीणमा माडी उपत्याका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुइ मुख्यनदी हरू नरायणी उत्तरबाट पस्चीम तर्फ बगेको छ भने राप्ती पुर्वबाट मध्यभाग हुदै पस्चीम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुइ प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोला हरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पस्चीम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगल बाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनी नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनी पस्चीम बाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । याहांको बिसहजारी ताल बिश्व प्रिसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगल ले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यका मा रहेकाले चितवन काठमाण्डु र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुइ अन्चल नारायणी र लुम्वीनी तथा तिन जील्ला चितवन,नवलपरासी तथा मकवानपुर मा प्रसासनीक बिभाजन मा परेको छ । पुर्वको हेटुडा बाट शुरू भइ पस्चीम दाउन्य पाहडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पस्चीम को भुभाग लुम्वीनी अंचल तथा नवलपरासी जील्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जील्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जील्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जील्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुइ नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणाली हरू खेत हरू सिंचित गर्न उपयो गरीएका छन । कृषी उध्धममा उपत्यका अग्रणी मानीन्छ ।
 
नेपालको पुर्वपस्चीम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडा हुदै काठमाण्डु गएको छ भने उपत्यका लाइ काठमाण्डु र पोखरा उपत्यका तथा देशको पाहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीका भीत्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदांग गढी]] साहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीका [[भरतपुर]],[[हेटौडा]] र [[रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्ला का जनतालाइ वाणीज्य सेवा दीइ रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज तथा [[धरान]] पछीको साताै ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] [[महेन्द्रनग]]र तथा [[बुटवल]] पछी नेपालअधीराज्यकै दसनं. सहरको रूपमा रहेको छ । उध्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख इन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर]] पयर्टक हरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ ।
www.ddcchitwan.gov.np
http://www.iaasrampur.edu.np/
http://www.cmsnepal.edu.np/pages/aboutinst.htm
http://www.shivaniair.com/
http://www.cmc.edu.np
http://www.bpkmch.org.np
http://en.wikipedia.org/wiki/Bharatpur%2C_Nepal
www.bharatpurmun.org.np
www.travelpost.com/AS/Nepal/Narayani/Bharatpur
http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%28%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%29
 
== [[जोगबुढा]] उपत्यका ==
डडेल्धुरा जील्लामा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसीध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जील्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भएतापनी क्रमश बिकसीत हुदैछ ।जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाइ जोगबुढा उपत्यका पनी भनीन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित