"देवदह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
दिगनिकायको महापरिनिर्वाणसुत्त अनुसार गौतम बुद्धको मृत्युुपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो । उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए । कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेेका थिए । पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ ।
 
-देवदह विशेष -
 
सुन्दर हिमालहरु धौलागिरी र अन्नपुर्ण हिमश्रीन्खलाको माथि महाभारत मुनि चुरे काखमा अबस्थित पबित्र भुमि लुम्बिनीदेखि करिब ३५ कि. मि. उत्तरपूर्वमा देवदह पर्दछ । हरियो जंगल बीचमा बनेको पुर्बपस्चिम राजमार्गले यो पबित्र ठाउँमा पुग्न अझ सजिलो बनायको छ ।अहिले यहाँ पुग्न लुम्बिनि अंचल, रुपन्देही जिल्लाको मुख्य सहर बुटवलदेखि महेन्द्र राजमार्ग हुदै पूर्व १३ कि.मि. गएपछी देवदह गा.वि.स. अन्तर्गत शितलनगर भन्ने ठाउँबाट दक्षिण ४ कि.मि. मा पर्दछ । यहाँ त्यति बेला देखिका अनेकौ स्तम्ब र पुरातात्विक सामग्रीहरु प्रमाणका रुपमा आज पनि प्रत्येक्क्ष रुपमा देख्न पाईन्छ । त्यस सम्बन्धमा विभिन्न सामग्रीहरु तल दिईएका छन् । यद्यपि कहि-कही नवलपरासीको रामग्राम क्षेत्रलाई पनि देवदह हो भन्ने पनि गरिन्छ ।
पङ्क्ति ४७:
खयरडाडा-
यो अति महत्वपुर्ण स्थल मानिन्छ । करिब २ कि.मि. क्षेत्रमा फैलिएको यस ठाउँमा १२ किलो वजन सम्मका इट्टाहरुको खण्डहर छ । यो ठाउँ प्राचिन देवदहनगरको भग्नावशेसको रुपमा रहेको छ । बुद्धकालीन मात्र होइन त्यस अघिका पुरातात्विक महत्वका धेरै सामाग्रीहरु यहाँ भेटिएका छन् र सम्भावना छ ।
 
क्रमश -----
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित