"देवदह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
दिगनिकायको महापरिनिर्वाणसुत्त अनुसार गौतम बुद्धको मृत्युुपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो । उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए । कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेेका थिए । पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ ।
 
-देवदह विशेष -
 
सुन्दर हिमालहरु धौलागिरी र अन्नपुर्ण हिमश्रीन्खलाको माथि महाभारत मुनि चुरे काखमा अबस्थित पबित्र भुमि लुम्बिनीदेखि करिब ३५ कि. मि. उत्तरपूर्वमा देवदह पर्दछ । हरियो जंगल बीचमा बनेको पुर्बपस्चिम राजमार्गले यो पबित्र ठाउँमा पुग्न अझ सजिलो बनायको छ ।अहिले यहाँ पुग्न लुम्बिनि अंचल, रुपन्देही जिल्लाको मुख्य सहर बुटवलदेखि महेन्द्र राजमार्ग हुदै पूर्व १३ कि.मि. गएपछी देवदह गा.वि.स. अन्तर्गत शितलनगर भन्ने ठाउँबाट दक्षिण ४ कि.मि. मा पर्दछ । यहाँ त्यति बेला देखिका अनेकौ स्तम्ब र पुरातात्विक सामग्रीहरु प्रमाणका रुपमा आज पनि प्रत्येक्क्ष रुपमा देख्न पाईन्छ । त्यस सम्बन्धमा विभिन्न सामग्रीहरु तल दिईएका छन् । यद्यपि कहि-कही नवलपरासीको रामग्राम क्षेत्रलाई पनि देवदह हो भन्ने पनि गरिन्छ ।
पङ्क्ति ४२:
कुमारवर्ति-
यो ठाउँ रोहिणी नदिको किनारमा मक्रहर गो.वि.स. मा पर्दछ । कपिलबस्तुबाट देवदह आउँदा मायादेवी र प्रजापति बास बसेकोले यो ठाउंको नाम मायारानी र प्रजारानी रहन गएको हो। पछी अपभ्रम्स भएर मदरानी र पेडरानी नाउँ रहन गयो। यहाँ मायारानी र प्रजारानीका मुर्तिहरु भएको मन्दिर र प्राचिन दुइ इनार भेटिएका छन ।
 
रोहिणी नदी-
यो एक पबित्र नदि हो । प्राचिनकालमा यो कपिलवस्तु शाक्य राज्यको पुर्बी सिमा र देवदह शाक्यवंश ( कोलियराज्य ) को पश्चिमी सीमा नदि थियो ।
खयरडाडा-
यो अति महत्वपुर्ण स्थल मानिन्छ । करिब २ कि.मि. क्षेत्रमा फैलिएको यस ठाउँमा १२ किलो वजन सम्मका इट्टाहरुको खण्डहर छ ।
 
क्रमश -----
-- स्रोत- स्थानिय पत्रपत्रिका र देवदह विकासमा सम्लग्न स्थानिय संकलक।
देवदह महोत्सब २०५८
रमेश चन्द्र पाण्डेय
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित