"योगमाया न्यौपाने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
योगमाया न्यौपाने पूर्वी नेपालको भोजपुरकी सामाजिक आन्दोलनकर्ता हुन् । उनको जन्म विक्रम संवत् १९२३ मा भोजपुर नेपाले डाँडामा भएको हो । उतिबेलै विधवा विवाह गर्ने आँट, समाजका सबैलाई व्यवहार बराबरी गर भनेर राणा प्रधानमन्त्री जुद्धशमशेरलाई बाटो देखाउने साहस र समाज भाँडेको आरोप लागेपछि आफ्ना ६८ चेलीसहित अरुण नदीमा जल समाधि गरेकी थिइन् । विक्रम संवत् १९९८ असार ३१ गते शनिबारका दिन जलसमाधि लिइएको हो । योगमायाले जलसमाधि गरेको ठाउँलाई गाउँलेले पवित्रस्थल भनी पूजा गर्दै आएका छन् । योगमायासम्बन्धी

== पुस्तक पत्रकार लेखनाथ भण्डारीले लेखेका छन् । उनकै बारेमा वृत्तचित्र भने २०६३ मा बनाइयो । 'प्रथम सुधारवादी महिला योगमाया' नाम दिएर वृत्तचित्र सुमन चापागाईं र दीपक बान्तवाले तयार पारेका हुन् ।==
 
योगमायासम्बन्धी पुस्तक पत्रकार लेखनाथ भण्डारीले लेखेका छन् । अस्मिता महिला प्रकाशन गृहको पहलमा पत्रकार लेखनाथ भण्डारी र वैकल्पिक समूह नामक संस्थाको सक्रियतामा 'सर्वार्थ योगवाणी' नामक उक्त पुस्तक प्रकाशित भएको हो । उक्त पुस्तक पहिलो विद्रोहिणी योगमाया, पूर्वप्रकाशित योगवाणीको भूमिका, भजन र तपोभूमि माहात्म्य र पूर्वप्रकाशित योगवाणी गरी तीन भागमा विभाजित छ । निरक्षर योगमायाका कवितात्मक धारणालाई उनकी निरक्षर छोरी नैनकलाले कण्ठ गरेकी थिइन् । तिनै नैनकलाबाट पण्डित प्रेमनारायणले लिपिबद्ध गरिदिएका योगमायाका विचार र भावनालाई योगवाणीको नामबाट चिनिएको हो । उनकै बारेमा वृत्तचित्र भने २०६३ मा बनाइयो । 'प्रथम सुधारवादी महिला योगमाया' नाम दिएर वृत्तचित्र सुमन चापागाईं र दीपक बान्तवाले तयार पारेका हुन् ।