"सूर्य" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ckb:خۆر
सा Bot: Fixing redirects
पङ्क्ति २:
 
== वैज्ञानिक अध्ययन ==
सूर्यको तौल करिब २×१०<sup>३०</sup> किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% [[हाइड्रोजन]], २५% [[हीलियम|हिलियम]] र बाँकि अन्य गर्‍हौ पदार्थहरु रहेका छन्। यसको आयु करिब ५ अर्ब वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले [[परमाणवीय सन्धि]] प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो [[ग्रहिय नेबुला]]मा परिणत हुने छ।
 
पृथ्विको सबैभन्दा नजिकको तारा भएर र बैज्ञानिकहरु बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरु अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख [[केल्भिन]] भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००[[केल्भिन|के]] मात्र छ।
 
== वैदिक धारणा ==
वेद र पुराणमा '''सूर्य''' लाई [[सौर्यमण्डल]]को सर्वाधिक बलशाली [[ग्रह]] मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई [[शनि]]को पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले [[बर्ष|वर्ष]]लाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरु को द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरु हो।
 
{{SolarSystem}}
"https://ne.wikipedia.org/wiki/सूर्य" बाट अनुप्रेषित