"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
सा (→‎अन्य जानकारीको लागि: unicodifying, removed uncategorised tag)
सा (Bot: Fixing redirects)
ललितत्रिपुरसुन्दरीलाई नेपाली साहित्यको प्रथम स्रष्टाका रुपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्।
==जन्म==
उनी संवत् [[सन् १८५०|१८५०]] सालमा जन्मेकी थिइन् । कुनै कुनै इतिहासकारले उनी बगाले थापाकी छोरी थिइन् भनेका छन् तर उनी कसकी छोरी हुन् भन्ने कुराको कसैले किटान गरेको पाईंदैन।
==जीवन==
ललितत्रिपुरसुन्दरीको विवाह श्री ५ रणबहादुर शाहसँग [[१८६२]] साल [[फागुन २६]] गते भएको थियो। त्यतिबेला रणबहादुर शाह भर्खर कासीबाट नेपाल फर्केका थिए । यिनको बिहेका प्रसङ्गमा इतिहासकारमध्ये कसैकसैले भनेका पनि छन् "रानी ललितत्रिपुरसुन्दरीको रजस्वला नहुँदै बिहे भएको थियो र रजस्वला नहुँदै यिनका पतिको निधन भएको थियो"।
==समाजसेवाहरु==
===त्रिपुरेश्वर मन्दिर===
रानी ललितत्रिपुरसुन्दरीले काठमाडौंमा [[त्रिपुरेश्वर मन्दिर]]को स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरसुन्दरीले सो मन्दिर संवत् [[सन् १८७४|१८७४]] देखि बनाउन लगाएकी थिइन् र [[१८७७]] सालमा सो मन्दिरको निर्माण भएको थियो ।
=== वाग्मतीको पुल===
संवत् [[१८६७]] मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्नचाहिँ संवत् [[१८६८]] चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/197860" बाट अनुप्रेषित