"पानी" का संशोधनहरू बिचको अन्तर

correction, replaced: कृया → क्रिया (4) using AWB
सा →‎परिवर्तनशील रुप: clean up, typos fixed: कृषी → कृषि using AWB
पङ्क्ति १३:
पृथ्वीमा पानीका विभिन्न रूपहरू पाइन्छन् । पानी बादल तथा बाफको रूपमा वायुमण्डलमा; पानी र बरफको रूपमा समुन्द्रमा; हिमताल, हिउ र हिमनदीको रूपमा हिमालमा तथा खुल्ला र मिश्रित रूपमा जमिनमा पाइन्छ । वायुमण्डलमा वास्पिकरण र चिसिने प्रक्रियाका कारण पानीका विभिन्न रूपहरू परिवर्तन भईरहेको हुन्छ साथसाथै पानी एकस्थानबाट अर्को स्थानसम्म पनि पुगिरहेको हुन्छ जसलाई [[जलचक्र]] भनिन्छ । सम्पूर्ण मानव जीवनलाई यस चक्रको अती महत्व छ । प्रकाशको सही संयोजन हुने हो भने वायुमण्डल भएका पानीका थोपाहरूमा सूर्यको प्रकाश परावर्तन भएमा [[इन्द्रेणी]] देखापर्ने गर्दछ ।
 
पानी हाम्रो सभ्यतासंग जोडिएको छ । खेतीपातीको लागि पनि पानी अति आवश्यक छ । खासगरी बर्षाको पानी कृषीउत्पादनकाकृषिउत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ । पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरु प्रदान गर्दछन् । नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न [[उपत्यका]] तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ । नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो ।
 
माटोले सोसेर लिएको पानी जमिनमुनी जम्मा हुन्छ । यसरी जम्मा भएको पानी कुनै स्थानबाट मुलफुटेर बाहिर निस्कने गर्दछ । बाहिर निस्केको पानी धारा, कुवा, पधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ । यस्तो पानी कृतिम रूपमा [[ईनार]] खनेर पनि निकाल्ने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित