"कोजाग्रत पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
सा हिज्जे, typos fixed: मा → मा (2) using AWB
पङ्क्ति ३:
कार्तिक पूर्णिमा
 
यो दिन मादिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।
प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिँदैछ ।दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ ।कोजाग्रत पूर्णिमाको वभोलिदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ|
 
कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ
 
तराई मातराईमा यस पर्वमा खास गरेर नवविवाहित मैथिल ब्राह्मण र कायस्थको घरमा ससुरालीबाट पानमखान सहितको पाहुर जाने गर्छ । यस क्रममा साला र भिनाजुबीचको पासा खेल रोचक हुने गर्छन ।त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्छ| मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकाँक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गर्छन|
 
[[श्रेणी:धर्म]]