"कछुवा" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे, typos fixed: तिमि → तिमी using AWB
सा (r2.6.7) (रोबोट ले थप्दै: am:ኤሊ; अंगराग परिवर्तन)
सा (हिज्जे, typos fixed: तिमि → तिमी using AWB)
कैयौं देश र द्वीपमा कछुवा पाइन्छ । ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ । अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ । उनीहरू अलिकति खतराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा पनि यति बढी कडा दुर्गन्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन् । कछुवा सिधासादा र केही पनि नगर्ने खालका हुन्छन् तर उनीहरूमध्ये केही प्रजातिका कछुवा यति खतरनाक पनि पाइएका छन् कि ज्यानै लिने गरी हमला गर्न पनि बेर लगाउँदैनन् । हुनत कछुवाको दाँत हुँदैनन् तर यसको ओठजस्तो चुचोको भित्री भागमा आरोजस्तो दाना हुने गर्दछ जसले गर्दा समुद्रमा पाइने एक किसिमको घडियाली कछुवा निकै घातक हुने गर्दछन् ।
 
यसैगरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ । चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति खतराको सङ्केत पाउनासाथ शारीरिक संरचनाको फाइदा लिएर चट्टानको सानो प्वालबाट भित्र छिर्छन् र आफूलाई सुरक्षित गर्दछन् । उनीहरूलाई शत्रु जीवले पहिले त देख्नै सक्दैनन् देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बाहिर तान्नै सक्दैन । यद्यपि संसारमा निकै प्रजातिका कछुवा पाइन्छन् । तथापि प्राणीशास्त्रीहरूले यिनीहरूलाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन् । यसमध्ये पहिलोमा समुद्री -टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा -टेरापिन) र तेस्रो जमिनमा पाइने कछुवा -टारटायस) पर्दछ । कछुवाको शरीरको बाहिरी भाग निकै कडा हुन्छ । सितिमितिसितिमीति उनीहरूमाथि अरू शत्रुजीवले आक्रमण गर्न सक्दैनन् । तथापि प्रकृतिको पर्यावरणीयचक्रबाट उनीहरू पनि अछुत भने छैनन् । सिधै आक्रमण गर्न नसके पनि बाज तथा गिद्धजस्ता हिंस्रक पक्षीहरूले उनीहरूलाई टिपेर आकाशमा लान्छन् चट्टानमाथि खसाउने गर्दछन् । यसबाट उनीहरूको शरीरको बाहिरी खपटा फुट्छ र मासुको सिकार गर्ने गर्दछन् ।
 
[[श्रेणी:उभयचर जीव]]
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/195972" बाट अनुप्रेषित