"सुरेन्द्र पाण्डे" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक (5) using AWB (7794)
सा हिज्जे, typos fixed: संघ → सङ्घ using AWB
पङ्क्ति ४:
 
२०३१ सालदेखि पूर्णकालीन राजनैतिक जीवनमा होमिएका [[नेकपा एमाले]]का केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे समानुपातिक तर्फका सभासद हुन्। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उनले राजनैतिक यात्रा शुरु गरेका हुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनैतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो। सभासद पाण्डे विगत १८ वर्षदेखि एमाले केन्द्रीय कमिटीमा छन् र राष्ट्रिय सभा सदस्य पनि रहिसकेका छन्। राजनैतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन्।
[[त्रिभुवन विश्वविद्यालय]]बाट समाजशास्त्रमा स्नातकोत्तर ४९ वर्षीय सुरेन्द्र पाण्डे दुई छोराका पिता हुन्। अध्ययनमा उनको रुचि छ र उनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहेका छन्। विभिन्न पत्रपत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, संगठन र राजनैतिक निरन्तरताको आधारमा संविधानसभामा पुग्न सकेको आकलन गर्छन्। संविधानसभामा उनले प्रमुखतासाथ दुई मुद्दा उठाउने बताएका थिए। क.शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माण, ख. संघीयसङ्घीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि पहल। सबै दलको सहमति र सहकार्यका आधारमा बन्ने नयाँ संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने उनको धारणा छ।
 
हाल उनी अर्थमन्त्रीको रूपमा कार्यरत छन्।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>