"सर्पगन्धा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: kn:ಸರ್ಪಗಂಧ
सा हिज्जे, typos fixed: औषधी → औषधि (3), तत्व → तत्त्व, को → को using AWB
पङ्क्ति १५:
 
==परिचयः==
सर्पगन्धा (रावल्फिया) एक वहुवर्षे सदावहार विरुवा हो । यसको व्यापारिक नाम रावलफिया हो । रावलफिया भन्ने शब्द १६ औं शताब्दिका जर्मन चिकित्सक राउओल्फ कोराउओल्फको नामबाट आएको हो ।
 
सर्पगन्धा करवीर परिवारको विरुवा हो । यो विरुवा साधारणतया ५० से.मी. सम्म उचाई भएता पनि कहिले काही १ देखि १.५ मिटरसम्म उचाई भएको पाइन्छ । यसका पातहरु चिल्ला , लामा , भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन–तीन वटा पातहरु निस्कीएका हुन्छन् । फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगका हुन्छन् । यसका फूलहरु चैत्रदेखि फुल्न शुरु गर्छन् र पोष सम्म फूल फुल्ने क्रम जारी रहन्छ । फलहरु ज्येष्ठको अन्तिमबाट पाक्न शुरु गर्छन् । फलको रंग पाकेपछि कालो हुन्छ । फल र बीउ चेप्टो गोलो हुन्छ । बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ । जाडो याममा यो विरुवा सुसुप्त अवस्थामा रहन्छ र वसन्त ऋतुमा नयाँ पालुवा आउन शुरु भै फूल फूल्न थाल्दछन् ।
पङ्क्ति ३२:
सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पति जन्य रसायनहरु उच्च रक्तचाप , निन्द्रा नलाग्ने , पागलपन , मानसिक उत्तेजना र मृगि जस्ता रोगहरुमा समेत उपयोगी भएकोले हानी रहित प्राकृतिक औषधीको रुपमा प्रयोग गरिन्छ । तसर्थ उपर्युक्त रोगहरु निदान गर्न सर्पगन्धा महत्वपूर्ण र हानी रहित कच्चा पदार्थको रुपमा ख्याति प्रा्प्त जडिबुटिको रुपमा चिनिन्छ ।
 
नेपालमा आयुर्वेदिक औषधीऔषधि निर्माता कम्पनीहरु सिंहदरबार वैद्यखानाले “सर्पगन्धावटी ” , गोरखा आयुर्वेदिक कम्पनीले “टेन्सारिन ” र भारतको डावर कम्पनीले “रिपर्पिन ” नामको औषधीऔषधि उत्पादनमा सर्पगन्धा जडीबुटीको खपत गरी राखेका छन् । जर्मन , अमेरिका जस्ता पश्चिमी मुलुकहरुमा पनि यसको माग प्रशस्त रहेको छ । विश्व बजारमा माग अनुसार मूल्य फरक फरक रहेका पाइन्छ । नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यसको जरा प्रति के.जी. रु १००।– मा खरिद गर्दछ भने गोरखा आयुर्वेदिक कम्पनीले प्रति के.जी. रु १५०।– मा खरिद गर्ने गरेको छ । जर्मनीमा यसको जराको मूल्य प्रति केजी ५ अमेरिकी डलर अर्थात् ने. रु . ३७५।– रहेको छ । यसको बजार स्वदेश लगायत विश्व भरि नै भएकोले यसको खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।
 
==खेती प्रविधिः==
पङ्क्ति ६६:
 
सर्पगन्धाको विरुवाहरुमा विभिन्न रोगहरुले आक्रमण गर्दछ । ढुसीबाट हुने रोगमा , पातमा दाग लागेपछि पात नै झर्ने गर्दछ । यो रोगलाई सर्कोस्पोरा लिफ स्पट (ऋभचअयकउयचब भिबा कउयत) भनिन्छ । अर्को रोगमा पातमा मसिना कालो खैरो रंगका थोप्लाहरु देखिन्छन् । यो रोगले पनि पछि पात नै झर्ने गर्दछ । यसलाई अल्टरनेरिया लिफ स्पट भनिन्छ ।
अन्य रोगमा पात खुम्चिएर पछि नै झर्ने गर्दछ । यस रोगलाई लिफ मोजाईक (भिबा यकबष्अ) भनिन्छ । यसको अतिरिक्त जरामा “निमोटोड” (माटोमा हुने एक किसिमको सुक्ष्म जुका) ले आक्रमण गरेर जरामा गाँठा पार्ने गर्दछ । यस्तो रोग लागेमा विरुवा बढ्न सक्दैन र पातको आकार पनि सानो हुन्छ । ढुसीबाट लाग्ने रोगहरुलाई ढुसी नियन्त्रण गर्ने औषधीऔषधि प्रयोग गरेमा रोग रोकथाम गर्न सकिन्छ ।
 
==बाली संकलन ==
सर्पगन्धाको बाली संकलन भनेको जरा खनेर निकाल्नु हो । रोपेको १८ देखि ३० महिनामा बाली संकलन गर्न सकिन्छ । जरा मंसीर / पौष महिनामा खन्नु पर्दछ किनकि उक्त समयमा जरामा सार तत्वतत्त्व बढी हुन्छ । व्यवसायिक खेती गर्दा १५ देखि १८ महिनामा बाली संकलन गर्दा फाईदाजनक हुन्छ । गुणस्तरियता कायम गर्न जरा खन्दा जरामा रहेका मसिना रौं जस्ता जरा समेत रहने गरी र बोक्रा नबिग्रने गरी खन्नु पर्दछ । जरा खनीसकेपछि राम्रोसँग सफा गरी हावादार छहारीमा सूकाउनु पर्दछ । राम्ररी सुकेका जराहरुको सानो सानो टुक्रा पनि पिट–पिट भाँचिने हुन्छ । यसरी सुकाएका जराहरु बोरामा राखी पानी नपस्ने र हावादार कोठामा भण्डार गरिन्छ ।
 
==उत्पादन==
"https://ne.wikipedia.org/wiki/सर्पगन्धा" बाट अनुप्रेषित