"शास्त्रीय सङ्गीत" का संशोधनहरू बिचको अन्तर

correction, replaced: हिन्दु → हिन्दू (2), को → को (2) using AWB
सा →‎नेपालमा शास्त्रीय संगीत: हिज्जे, typos fixed: मा → मा using AWB
पङ्क्ति ५:
==नेपालमा शास्त्रीय संगीत ==
 
सन् १८५७ मा१८५७मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तमा शासन चलाइरहेका हिन्दू राजा, महाराजा तथा मुसलमान नवाबहरू पलायन भएर गए । यसको प्रत्यक्ष असर शास्त्रीयसङ्गीतमा पनि देखियो । कारण शास्त्रीयसङ्गीत सधैँ कुनै न कुनै शासकहरूको संरक्षणमा हुन्थ्यो । त्यतिबेलाका शास्त्रीयसङ्गीतका कलाकारहरू राजाश्रय पाएर बसेका हुन्थे । दरबारमा उनीहरूको ठूलो पद र इज्जत हुन्थ्यो । कलाकारहरू पलायन हँुदै गइरहेको सरकारबाट उदाउँदै गइरहेको शासकतिर संरक्षण तथा आश्रयका लागि सर्दै जान्थ्यो । जस्तै १३ औं शताब्दीदेखि दिल्ली केन्दि्रत सरकार दिल्ली सुर्तानेट, १६ औंँ शताब्दि देखि दिल्ली, आगरा केन्दि्रत मुगल साम्राज्य र मुगलशासन पनि विस्तारै पलायन हुँदै गएपछि १८ औँ शताब्दीको अन्ततिर उत्तर-भारतका विभिन्न प्रान्तहरूका राज्यहरू उदाउन थाले । त्यहाँका दरबार, महलहरूमा कलाकारले फेरि राजाश्रय पाएका थिए ।
 
यसरी इतिहासमा शास्त्रीयसङ्गीतले क्रमबद्ध रूपमा राजाश्रय पाउँदै जानु नै उत्तर-भारतीय सङ्गीत पनि क्रमबद्ध रूपमा विकास हुँदै जानुको मुख्य कारण थियो । एक्कासी सन् १८५७ पछि सबै प्रान्तीय शासकहरू कमजोर हँुदै गए । यसको कारण शास्त्रीयसङ्गीतले कुनै शक्तिबाट संरक्षण नपाएर भौँतारिरहनुपरेको थियो । तर पनि शास्त्रीयसङ्गीतको अस्तित्व, परम्परा अनि कलाकारहरूले आफ्नो आर्थिक स्थितिलाई जोगाइराख्न कतिपय कलाकारहरू दरबारबाट सडक, कोठी, भट्टी, बेश्याबृत्तिको क्षेत्रमा समेत सङ्गीतको उपयोग गर्न बाध्य भए । कोठीमा नाच्ने तबायफदेखि थिएटर तथा सडकमा नाच्ने नौटङ्कीहरूलाई सिकाउनुपर्ने र उनीहरूसँग गाउनु, बजाउनु पर्ने अवस्थासमेत सिर्जना भएर आयो । समाजमा यसलाई हेर्ने दृष्टिकोण नै फरक भइसकेको थियो । त्यस्तो अवस्थामा नेपालमा भने त्यसबेला राणाशासकहरूले यसलाई दरबारमा आश्रय दिएर शास्त्रीयसङ्गीतकर्मीहरूको दयनीय अवस्थालाई आशाको दियोमा परिणत गरिदिएका थिए ।