"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: दुइ → दुई using AWB
सा हिज्जे, typos fixed: मा → मा (2)
पङ्क्ति ११:
}}
[[File:नेपाल टेलिभिजन.jpg|thumb|right|450px|[[सिंह दरवार]] परीसरमा रहेको नेपाल टेलिभिजनको प्रसारण केन्द्र]]
'''नेपाल टेलिभिजन''' [[नेपाल सरकार]]को पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो [[टेलिभिजन]] प्रसारण संस्था हो । इ.सं. १९९५ मा१९९५मा एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल दुई वटा च्यानलहरू टेरेस्टियल तथा [[भू-उपग्रह]] ट्रान्समिसन मार्फत प्रसारण गर्दै आएको छ । नेपाल टेलिभिजनका च्यानलहरू नेपाल लगायत [[एशिया]] महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ । हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ ।
 
== इतिहास तथा विकास क्रम ==
 
[[बीरेन्द्र वीर विक्रम शाह|राजा बीरेन्द्र]]बाट २०३८ साल असार १० गते तत्कालीन राष्ट्रिय पञ्चायतको ३२ औँ अधिवेशनलाई सम्बोधन गर्दा टेलिभिजन स्थापनाको संभाव्यताबारे श्री ५को सरकारले अध्ययन गर्नेछ भनी बक्स भएको थियो । तत्कालिन श्री ५को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थालेबमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालयअन्तर्गत नेपाल टेलिभिजन परियोजनाको गठन गरियो । २०४२ साल असार १८ गतेको [[गोरखापत्र]] दैनिकको एक समाचारअनुसार "आर्थिक वर्ष २०४२/४३ मा४३मा टेलिभिजनको सञ्चालन व्यवस्थितरूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गतेदेखि नेपाल टेलिभिजन परियोजना र वल्र्ड भ्यू इन्टरनेशनलको संयुक्त तत्त्वावधानमा विकासमूलक टेलिभिजन कार्यक्रम उत्पादन प्रशिक्षण सुरु भएको छ । यसैबीच नेपाल टेलिभिजन परियोजनाबाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेश गर्‍यो । त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजेसम्म सीमित थियो । सुरूमा यसले VHF र पछि UHF ब्याण्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्यो जुन [[काठमाडौं उपत्यका]] भित्र मात्र उपलब्ध थियो । त्यसै बेला नेपाल टेलिभिजन परियोजनाले गरेको एक सर्वेक्षणअनुसार काठमाडौँमा १ हजार २ सय ६६ वटा टेलिभिजनमात्र थिए । प्रसारण प्रारम्भ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यलयले जनाएअनुसार प्रति महिना ३ सय टेलिभिजन सेट नेपाल भित्रिन्थे । सुरुमा परियोजनाका रूपमा रहेको नेपाल टेलिभिजन २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो । परीक्षण प्रसारण सुरु हुँदा अल्ट्रा हाई फिक्वेन्सी च्यानलबाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थालेपछि भेरी हाई फिक्वेन्सी च्यानलबाट हुन थाल्यो ।
 
इ.सं. १९८७को [[सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगति गर्‍यो ।