"बिदुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
correction, replaced: लिईन्छ → लिइन्छ using AWB |
सा →जनसङ्ख्या: हिज्जे, typos fixed: अंग → अङ्ग (2), दुइ → दुई, मा → मा (5) |
||
पङ्क्ति २३:
नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पूर्व-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु पुर्याउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ ।
राजा पृथ्वी नारायण शाहद्वारा तत्कालिन अवस्थामा कान्तिपुर उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाई मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्याकाको पश्चिमतर्फो मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं.
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.
यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्ध हुन गयो । यद्यपि इसं १८५७मा भारतका सिपाही विद्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपूर्ण मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ । जुन मागृ भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरिद जस्ता व्यापक तयारीले लडाईंलाइ सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए ।
बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।
|