"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (रोबोट थप्दै: su:Kolesterol
सा हिज्जे, typos fixed: दुइ → दुई (2)
पङ्क्ति १२:
 
==प्रभाव र हृदयघातको खतरा ==
यो शरीरका लागि अत्यावश्यक हुन्छ । तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुन सक्छ ।रगतमा धेरै मात्रामा कोलेस्टेरोल भएमा हृदयघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयघात हुने सम्भावनालाई कम गर्न सकिन्छ । विभिन्न अध्ययन-अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयघातको खतरा घट्ने प्रमाणित भैसकेको छ । रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँगुरिएको रक्तनली फेरि खुल्न सक्छ ।साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयघातको खतरा दुइदुई प्रतिशतले घट्छ । रक्त कोलेस्टेरोल २५० मिल्रि्रामबाट २०० मिल्रि्राममा घटाउँदा हृदयघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ ।
 
प्रत्येक व्यक्तिले २० वर्षो उमेर नाघेपछि रक्त कोलेस्टेरोलको परीक्षण गराउनु उपयुक्त हुन्छ । यो विशेष परीक्षण हो । यसको नतिजा चिकित्सकहरुलाई देखाउनर्ुपर्छ । एचडीएल कोलेस्टेरोलको पनि जाँच गर्नु अत्यावश्यक हुन्छ । किनकि यो कम भएमा खतरा हुन्छ । त्यस्तै एलडीएल कोलेस्टेरोल बढी भएमा पनि खतरा बढ्छ । रगतमा भएको चिल्लो पदार्थको मात्रा थाहा पाउन लिपिड प्रोफाइल ( Total Cholesterol HDL, LDL, VLDL, र Triglyceride) जाँच्नर पर्छ ।
पङ्क्ति २८:
रक्त कोलेस्टेरोल बढेको बेला शाकाहारी खाना प्रयोग गर्न सके सबैभन्दा उत्तम हुन्छ । किनकि शाकाहारी खानामा रक्त कोलेस्टेरोल कम हुन्छ । अत्यधिक कोलेस्टेरोल र स्याचुरेटेड भएका खाद्यपदार्थहरु जस्तै- मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री पँहेलो भाग, दूध, घ्यू, मख्खन आदि अत्यन्त कम मात्रामा उपयोग गर्नुपर्छ । माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी चीजहरु कम मात्रामा उपयोग गर्न सकिन्छ । तर खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुनाले यसको उपभोग नगर्नु नै बेस हुन्छ ।
 
खाना पकाउँदा तेल कम राख्नर्ुपर्छ । मासु पकाउँदा छाला र बोसो सबै काटेर फालेपछि मात्र पकाउनर्ुपर्छ । साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्नर्ुपर्छ । दैनिक दुइदुई पेगभन्दा बढी रक्सी पिउनुहुँदैन । मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिनर्ुपर्छ । सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल, दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरुको उपयोग प्रशस्त मात्रामा गर्नुपर्छ । धूमपान गर्नुहुँदैन । ओमेगा ३ फ्याटी एसिडयुक्त खाद्यपदार्थ -माछाको तेल, सिमी, बोडी, भटमास आदिबाट तयार पारिएका खाद्यपदार्थ) हरु आहारमा प्रयोग गर्नुपर्छ ।
 
==ट्राइग्लाइसेराइडले पनि हृदयघात हुन सक्छ==
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित