"हनुमान" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस: correction, replaced: पृष्ट → पृष्ठ using AWB
सा →‎नेपाल मा हनुमान पुजन: हिज्जे, typos fixed: मा → मा
पङ्क्ति ५५:
यसरी सिद्धिनरसिंह मल्लको पालामा रामका भक्त हनुमानको पूजा समाजमा व्यापकरूपमा प्रचलित थियो भन्ने थाहा पाइन्छ । साथै सिद्धिनरसिंह मल्लका समकालीन भक्तपुरका राजा जगतज्योतिको समयमा लेखिएको 'नरपतिजयचर्यास्वरोदयटीका' नामक ग्रन्थमा हनुमान मूर्तिहरूको स्थापनाको महìव र हनुमानको मूर्ति कस्तो कस्तो निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
 
कृष्ण मन्दिरको भित्तामा कँुदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९ मा१७२९मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण मानिन्छ । यिनै हनुमानको नामले यस दरबारको नाम हनुमानढोका दरबार रहन पुग्यो । हनुमानका मूर्तिहरू स्थापना गर्नुपूर्व यस दरबारलाई गुनपो दरबार भनिन्थ्यो । राजा प्रताप मल्लले लडाइँमा विजयी प्राप्त होस् घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेको कुरो हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ ।
हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका छन् । पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति राख्न लगाएका थिए । गोरखाका राजा पृथ्वीपति शाहले पनि आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेका थिए । यसरी मध्यकालदेखि हनुमानका मूर्तिहरू बन्न थालेका कुरा र उनको पूजा परम्परा व्यापकरूपमा सुरु भएको थाहा पाइन्छ ।
 
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित