"अदुवा" का संशोधनहरू बिचको अन्तर

सा BhawaniBot (वार्तालाप)द्वारा CarsracBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्ट�
सा हिज्जे, typos fixed: मा → मा , संग → सँग
पङ्क्ति १:
[[चित्र:Gingembre.jpg|thumb|right|अदुवा]]
'''अदुवा''', वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी(Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको [[गानो]] रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा [[सल्यान]] को अदुवा त्यस अर्थ माअर्थमा उत्कृष्ट मानिन्छ ।
 
अङ्ग्रेजी नाम '''ginger''' पाली भाषा को '''सिन्गिभेर'''(siṅgivera) बाट भएको विश्वास गरिन्छ । पालीभषाको '''सिन्गिभेर'''को अपभ्रंशबाट तामिल(inji ver இஞ்சி)=> फारसी(shingavirشنگویر ))=>फ्रेन्च(gingembre)=>अङ्ग्रेजी(gingifere) हुदै अहिले को '''ginger''' हुनपुगेको हो ।
पङ्क्ति ७:
 
== जातीय प्रयोग ==
* राई जातिमा यसको बेग्लै र विशेष जन्म, जीवन प्रक्रिया र मरनसागको सम्बन्ध रहेको पाइन्छ । यो सम्बन्ध आफ्नो सृष्टिकर्ता पारुहाङ र सुम्निमाबाट सुरु भएको विश्वास गरिन्छ ।
 
राई जातिमा अदुवाको कछुर नकाटी जातीय पूजा हुन सक्दैन । यी जाति आफ्ना हरेक देवता पुज्दा अदुवा काट्दछन् जसलाई यारी वेङमा अर्थात् नेपालीमा काट्नु भनिन्छ । यसरी यारी वेङमामार्फत हेरिने जोखानालाई यारी खाङमा भनिन्छ । यारीमार्फत नै घरको देवता पुज्दै सब्बेफाब्बे, बालीनाली सपि्रयोस, अन्नको सह होस्, वस्तुभाउ सपि्रयोस्, फैलियोस्, आम्दानी होस् र परिवारमा सुख शान्ति छाओस् भनी माङ (देवता) साग आछापिछा लिइन्छ । यसरी नै गाउ र समाजको राम्रो नराम्रो के हुने हो ? त्यो पनि केलाइन्छ । यसैको सहयोगले आफू, आफ्नो परिवार गाउ समाजको रक्षा कसरी गर्ने हो ? उपाय पनि खुट्याइन्छ । वास्तवमै यो एक अनौठो संस्कृति हो ।
पङ्क्ति १३:
आफ्नो भाषामा राई जातिले अदुवालाई बेछुक भन्दछन् । राई जातिका अनुसार वेछुक दुई प्रकारको हुन्छ, सुवि र होम्लोङ बेछुक । बढी पिरो र रेसादार हुने अदुवा सुवि अदुवा हो भने अर्को कम रेसादार र केही गुलियो स्वादको होम्लोङ अदुवा हो । अझ जङ्गलमा पाइने अदुवाजस्तै हुने सालुवीलाई पनि अदुवाको जातभित्र नै मानिन्छ तर प्रयोगमा भने सालुवी आउँदैन, आए पनि माङमा (देवता)मा चलाउन मिल्दैन । चुलोमा नजाने मृतात्माहरूलाई बाटो देखाउँदा मात्र प्रयोग हुन्छ । अघिल्ला सुवि र हाम्लोङ अदुवा भने सबै पूजामा प्रयोग गर्न सकिन्छ ।
 
* थारु जातिमा अदुवा लाई बिशेष पर्व संगपर्वसँग जोडेर हेरिन्छ ।
 
== रोप्ने तरिका ==
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित