खगोलशास्त्र कोखगोलशास्त्रको शुरुवात मानव इतिहास कोइतिहासको शुरुवात सगँसगैँ भएको मानिन्छ। प्राचीन कालमा मानिसले रात कोरातको समयमा अन्य जनावर सुतिरहेको बेला शिकार गर्न चन्द्रमा को उज्यालो प्रयोग गर्दथे। र दिन कोदिनको गिन्ती राखि कहिले पूर्णिमा आउछ पत्तो पाउदथे। पछि किसान हरुले बाली लगाउने र काट्ने समय कोसमयको किटान आकाशीय पिण्डको स्थिति हेरेर गर्न थाले। अझ पछि व्यापारी (traders) तथा नाविकहरूले दिशा पत्तो लगाउन आकाशीय पिण्डको स्थिति नै प्रयोग गर्नथाले। यसरी युगौँ देखि मानिसले आफ्नो जीवन धान्न खगोल विज्ञान कोविज्ञानको प्रयोग गरिरहेका छन्।
आकाशीय अवलोकण गर्दा आकाशीय पिण्डहरू को गति सामयिक (periodic) हुने भएकोले यिनीहरूलाई सामान्य गणित बाटगणितबाट नाप्न र पछि यी पिण्डहरू को स्थिति को भविष्यवाणी गर्न सकिन्छ। यो सीप भने मानवजाति ले करिब २/३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्बन्धि ज्ञान लाईज्ञानलाई पछि विस्तार गर्दै लगे। यहि क्रममा केही व्यक्तिहरूले आकाशीय पिण्ड कोपिण्डको स्थिति र पृथ्वी मा घट्ने घटना सगँ तुलना गर्न थाले र ज्योतिषी को विकास गरे। अहिले को वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोलशास्त्र भने एक विशाल विज्ञान हो। यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरू बाट हुनसक्ने सम्भावित क्षति बाट सचेत हुन/बच्न मद्दत गर्दछ।
हाम्रो यो विज्ञान लेविज्ञानले जति फड्को मारे पनि नेपालमा भने २००० वर्ष पुरानो ज्योतिषी ले नै जड गाडेको छ। हाम्रो धर्म सगँ यो यति गासिँएको छ कि यस बाटयसबाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ। ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्ष अघि टेलीस्कोप कोटेलीस्कोपको प्रयोग गरेर सौर्यमण्डल कोसौर्यमण्डलको बीचमा पृथ्वी नभई सुर्य अवस्थित छ भनि पत्ता लगाए पनि नेपाली ज्योतिष हरुज्योतिषहरु पुरानै मान्यता राख्दछन्। यहाँ सम्मकी नेपालमा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ र यहाँ कहीँ यो किन्न पाईदैन। यसको मुल कारण चाहिँ सरकार लेसरकारले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो।
यति सबै दुख:को कुरा हुँदा हुदै पनि नेपालमा केही व्यक्ति हरू समाजमा खगोलशास्त्र कोखगोलशास्त्रको सही ज्ञान तथा सूचना सर्वसाधारण समक्ष पु¥याउन लागिपरेका देखिन्छन्। नेपाली खगोलशास्त्र समाजहरू का यी खगोलशास्त्रीहरू भने सबैले औपचारीक रुपमा खगोलशास्त्र शिक्षा पाएका होईनन्। उनीहरू सौखिन (amateur) तथा पेशागत/व्यवसायिक (professional) दुवै छन् र सौखिन खगोलशास्त्री [http://en.wikipedia.org/wiki/Amateur_astronomer amateur astronomer] नै धेरै छन्। अहिले सम्म नेपालमा औपचारीक रुपमा खगोलशास्त्र पढेका पेशागत व्यक्ति केही मात्रामा मात्रै भएतापनि उनीहरूको भनाई छ कि अबको पिढी ले अत्यन्तै धेरै नेपाली खगोलशास्त्री तथा खगोलशास्त्र-सचेत व्यक्ति हरू देख्ने छन्।