"राष्ट्रिय योजना आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
सा →‎इतिहास: हिज्जे, typos fixed: मा → मा
पङ्क्ति ६:
वि.सं. २०१९ सालमा राष्ट्रिय योजना परिषद विघटन गरी सोही नामले नयाँ केन्द्रीय सङ्गठनको व्यवस्था गरी यसको अध्यक्षता मन्त्रिपरिषद्का अध्यक्षले गर्ने र सबै मन्त्रीहरू पदेन सदस्य हुने व्यवस्था गरियो । आर्थिक कार्य विषयक मन्त्रालयलाई आर्थिक योजना मन्त्रालयमा परिवर्तन गरियो ।
 
वि.सं. २०२५ सालमा आर्थिक योजना मन्त्रालयले गर्ने विकास बजेट लगायत वैदेशिक सहायता सम्बन्धी काम [[अर्थ मन्त्रालय]]लाई सुम्पियो । साथै राष्ट्रिय योजना परिषद्लाई विघटन गरी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको गठन भई एउटा छुट्टै सचिवालयको स्थापना भयो । केन्द्रीय योजना सङ्गठनले सम्पादन गर्ने कर्तव्य र दायित्वको विस्तृत अध्ययनको आधारमा वि.सं. २०२९ मा२०२९मा एक प्रतिवेदन तयार गरी सोको आधारमा राष्ट्रिय योजना आयोगको पुनर्गठन भयो । योजना सङ्गठन प्रतिवेदन, २०२९ अनुरूप कार्यसम्पादन हुँदैआएकोमा वि.सं. २०४३ साल माघ १ गते राष्ट्रिय योजना आयोगको सङ्गठनमा सामान्य हेरफेर गरिएको थियो ।
 
वि.सं. [[२०४६ सालको जनआन्दोलन]] पश्चात् मुलुकमा पुनर्स्थापित बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना भएपछि राष्ट्रिय योजना आयोगको गठन र सङ्गठनमा पनि केही परिवर्तन गरियो । यस अनुसार वि.सं. २०४८ भाद्र २१ गते गठित राष्ट्रिय योजना आयोगमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक उपाध्यक्ष, पाँच सदस्यहरू, एक सदस्य-सचिव रहने तथा पदेन सदस्यमा मुख्य सचिव र अर्थ सचिव रहने व्यवस्था गरिएको छ ।