"सीता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
correction, replaced: पछी → पछि (7) using AWB |
सा हिज्जे, typos fixed: मा → मा , संग → सँग |
||
पङ्क्ति १७:
* कम्बरामायणका अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् । यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन् ।
* अन्य किम्बदन्ति का
सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो । राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो । यज्ञका लागि जमिन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ । मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ । रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ । राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन ।
पङ्क्ति २४:
जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनयना माता हुन् ।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन् । यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन् । स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन । अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो । यो बिहेको सम्झना अद्यापि गरिँदैछ । मार्गशुक्ल पञ्चमीका दिन राम-जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ । यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ । यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ ।
राजा जनकको पूजा कोठामा शिव धनुष राखिएको थियो। शिव धनुष विशाल भारी भएका कारण कोही पनि साधारण मानिसले उठाउन असम्भव थियो। सिताले संधै पूजा कोठाको सफाई गर्ने काम गर्थिन्। एक दिन राजा जनकले शिव धनुष राखेको ठाउँमा पोतेको देखेर अचम्म मान्दै सीतासँग शिव धनुषलाई कसरी सारेर पोत्यौ भनेर सोधे। सिताले पहिले धनुष उचालेर अर्को ठाउँमा राखेँ पोति सके पछि धनुष पहिले जस्तै गरी राखेको कुरा भनिन्। यो सुनेर राजा जनकले आजबाट सियाको नाम बदलेर सिता राख्नुका साथै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुष सँग सिताको विवाह गरि दिने कुरा घोषणा गरे। एक दिन सिता बगैचामा एउटा रुखको छहारीमुनी बसिरहेको बेला रुखमा भएका सुवाको भाले पोथीहरु सिताको वर्णन गर्दै थिए। उनीहरु एक आपसमा सिता लक्ष्मीको अवतार भएको र यिनको विवाह भगवान [[विष्णु]]को मनुष्य अवतार अयोध्या पति दरशरथका पुत्र [[श्रीराम अवतार|राम]]सँग हुने कुरा गर्दै थिए। यो सुनेर सिताले आफ्ना सखिहरु सँग ती पंक्षीहरुलाई समातेर ल्याउने आज्ञा दिईन्। यो सुनेर सबैले सुवाको जोडीलाई समात्ने कोसिस गर्न थाले। भाले सुवा उडेर गयो तर गर्भवती भएका कारण पोथी [[सुवा]] उड्न नसकेका कारण सिताको सखिहरुले समातेर ल्याए। त्यस पछि सिताले रिसाएर सुवा सित "राम भनेको को हो ? मेरा वुवाले मेरो विवाह शिव धनुष चलाउन सक्ने पुरुष सित गरिदिने निश्चय गरेका छन् तिमीहरु जाबो पंक्षी भएर मेरो विवाह हुने पुरुषको तुलना गर्छौ" भनेर सोध्न लागिन् यो देखेर भाले सुवा आएर गर्भवती भएका कारण पोथी सुवालाई छोडि दिने बिन्ती गर्न थाल्यो। तर सिताले पोथि सुवालाई नछोडेकाले पोथी सुवाको मृत्यु भयो। त्यस पछि भाले सुवाले सितालाई गर्भवती अवस्थामा पति विछोडको श्राप दियो। त्यही सुवाको जोडीको पछि गएर अयोध्यामा धोबीको रुपमा पुनर्जन्म भयो।<ref>बाल्मिकी रामायण</ref> कालान्तरमा राजा जनकले सिताको सयम्वर गराए। अयोध्या राजकुमार रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले सिताको विवाह
उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन् । यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् ।
|