"सोह्र श्राद्ध" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: दुइ → दुई (2)
पङ्क्ति २३:
==प्रमुख तिथिहरु==
*आश्विन कृष्णपक्ष '''पञ्चमी श्राद्ध''' - यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार [[पञ्चमी]] पनि भन्दछन्।
*आश्वीन कृष्णपक्ष '''नवमी श्राद्ध''' - यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।
*आश्विन कृष्णपक्ष '''एकादशी एवं द्वादशी श्राद्ध''' - यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।
*आश्वीन कृष्णपक्ष '''चतुर्दशी श्राद्ध''' - यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि।
*आश्वीन कृष्णपक्ष '''अमावस्या''' - कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।
*आश्वीन कृष्णपक्ष शुक्ल '''प्रतिपदा''' - यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको प्राप्ति पनि हुन्छ।
 
==विधि==
[[File:Pinda.jpg|200px|thumb|right|श्राद्धको लागि पिण्ड तयार पारिंदै ]]
यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरुप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा [[कुश]]को [[ब्राह्मण]] राखिएको हो । दुवै पट्टी दुइदुई/दुइदुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ ।
अन्य श्राद्धको विधि जस्तै सुरुमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ ( पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो) ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ ।सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ ।
 
पङ्क्ति ४०:
*[[श्राद्ध]]
*[[पार्वण श्राद्ध]]
*[[एकोद्दिष्ट श्राद्ध ]]
*[[आभ्युदयिक श्राद्ध]]
*[[तीर्थ श्राद्ध]]
*[[सोह्र श्राद्ध]]
*[[पुष्टि श्राद्ध]]
*[[यात्रा श्राद्ध]]
*[[काम्य श्राद्ध]]
 
[[श्रेणी:धर्म]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:चाडपर्व]]
 
==इतिहास==