"दाँतमा किरा लाग्ने" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: bs:Karijes
सा हिज्जे, typos fixed: को → को
पङ्क्ति ६:
[[File:Toothdecay.png|thumb]]
 
दाँतमा कीरा लाग्नबाट बच्ने मुख्य उपाय भने बिहान जस्तै राति सुत्ने बेलामा समेत राम्ररी ब्रस गर्नु हो । गुलियो र स्टार्चजस्ता वस्तुको कम सेवन गर्नुको साथै यस्ता खाद्य पदार्थ सेवन गरेपछि अनिवार्य रूपमा कुल्ला वा ब्रस गर्नुपर्छ । तर कीरा लागेमा यस कोयसको उपचार केवल फ़िलिङ मात्र हो|फिलिङ नगराउँदा दाँतमा चिसो, तातो, गुलियो, अमिलो पर्दा चस्का लाग्ने गर्छ । दाँतमा पीडा हुनुका साथै पिप बन्छ । पछि दाँत बिग्रँदै गएर रुट क्यानल टि्रटमेन्टसम्म गराउनुपर्न हुन्छ| दाँतमा गहिरो प्वाल हँुदा यो प्रक्रिया अपनाइन्छ । पछि दुखाइ र संवेदनशीलता नहँुदा स्थायी फिलिङ गरिन्छ । स्थायी फिलिङअन्तर्गत विभिन्न प्रकारको दाँत भर्ने प्रक्रिया अपनाइए पनि मुख्य रूपमा भने सिल्भर फिलिङसमेत एउटा हो ।
 
दाँत भर्न कम्पोजिट फिलिङसमेत गरिन्छ । यसलाई कस्मेटिक र टुथ कलर फिलिङसमेत भनिन्छ । यस्तो फिलिङ गराइएको लगत्तै खाने कुरा लिन सकिन्छ । यस्तो फिलिङ दाँतको रङको हुने भएकाले उपचार गरेको अरूलाई सहजै थाहा हुँदैन । यो बढी टिक्छ पनि । अब नौलो प्रविधिका सामान आउनाले यो फिलिङ अझ बलियो भएको छ । तर यो फिलिङ गराउँदा ताका दाँत सुख्खा हुनुपर्छ । नत्र दाँतमा भर्ने पदार्थ निस्किने डर हुन्छ । बालबालिकामा यो फिलिङ गरिँदैन ।