"कौडा" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को (2) using AWB
सा हिज्जे, typos fixed: मा → मा (3)
पङ्क्ति ४:
संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।
 
प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरहृयो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रि[http://%20%20%20http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22 http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22] काको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा 'क्युरियामा'को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अपि|mकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा१८६०मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका 'इभ' जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।
 
मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र शृङ्खलाका कायहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ । यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुनेगर्दछ । साइप्रसमा कामदेवता 'एप|mोडाइट'को मन्दिरमा कौडीलाई नै पूजा गर्ने गरिँदै आइरहेका छन् । सुडानका आइमाईहरू धेरै सन्तान पाउने इच्छाले कम्मरमा कौडीको जोडी बाँध्ने चलन रहिआएको छ ।
पङ्क्ति २४:
==मूल्यवान कौडीहरू==
 
कौडीहरू मूल्यवान पनि हुन्छ । यसको मूल्य यसको आकृतिको आधारमा तय गर्ने गरिन्छ । कौडीहरूको मूल्य आज केही पैसादेखि लिएर एक करोडसम्म पर्छ । पि्रन्स नामक कौडी विश्वभरमा केवल एउटै मात्रै छ, जुन बि्रटिश सङ्ग्रहालयमा सङ्ग्रहित छ । सन् १९६१ मा१९६१मा यसको मूल्य ४५ हजार रूपियाँ थियो भने आज यसको मूल्य लगभग २ करोड ५० लाख रूपियाँ आँकिएको छ । ल्युकोट्रोन नामक कौडी सन् १८२८ सम्म एउटै थियो । सन् १८६० मा१८६०मा एउटाबाट बढेर दुईवटा पुग्यो र सन् १८६५ सम्म ल्युकोट्रोन कौडीको सङ्ख्या बढेर सातसम्म पुग्यो । गट्टाटा नामक कौडीको सङ्ख्या आज विश्वभरिमा लगभग २५ देखि ३० वटा रहेको अनुमान छ । वर्तमान समयमा एउटा गट्टाटा कौडीको मूल्य २० हजार रूपियाँभन्दा बढी छ । रिब्ज नामक कौडीको मूल्य ५ हजार रूपियाँ छ । युरेनियम नामक कौडीको मूल्य अमेरिकामा लगभग २ हजार अमेरिकी डलर छ र मिडवे सायनसिम नामक कौडीको मूल्य जापानमा लगभग दुई हजार अमेरिकी डलरसम्म पर्छ ।
 
आज कौडीको आर्थिक महत्त्व त त्यति धेरै छैन, तर समृद्धि र लक्ष्मीको प्रतीकको रूपमा आज पनि यसलाई पूजा गर्ने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/कौडा" बाट अनुप्रेषित