"इन्द्रबहादुर राई" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, removed orphan tag
सा हिज्जे, typos fixed: लाई → लाई, मा → मा (4), को → को
पङ्क्ति ४:
[[आज रमिता छ]],[[विपना कतिपय]],[[कठपुतलीको मन]],[[कथास्था]], [[आयामेली]] [[लीला]] [[लेखन]], सँग सम्बद्ध ।
 
वि.सं.१९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिनुभएका इन्द्रबहादुर राई आफ्नो जन्मका सम्बन्धमा भन्नुहुन्छ- "मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे" | निम्न आय भएको परिवार मापरिवारमा जन्मे पनि उहाँको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएपछि प्राध्यापनमा लाग्नुभयो । पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय ई.सन्. १९६१ मा१९६१मा आएको हो । उपन्यास चाहिँ ई.सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने ई.सं. १९६४ पुग्यो । यिनै कृतिले राई लाईराईलाई चिनाए ।
 
उहाँ आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भन्नुहुन्छ- " मैले त्यसबेला पढेको कितावमा ई.सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको 'एसेज इन क्रिटिसिज्म' थियो र त्यसले धेरै प्रभाव पार्‍यो । त्यहाँ गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ र यसैलाई अहिलेसम्म लेख्ने कोसिसमा छु । अध्ययन गर्दैजाँदा आफ्नो बाटो आफैँ बन्दै जाँदोरहेछ । जीवन र जगत्लाई पढेर लेख्दैगर्दा प्रेमचन्द्र, रवीन्द्रनाथहरू पनि पढिए । त्यसपछि अर्को सजिलो पुस्तक भेटेँ-समरसेट ममको । तीन ठेलीको उक्त कृतिमा एक ठेलीमा सय कथा थिए । त्यही ठेलीको प्रभावबाट विपना कतिपय लेखेँ बीस दिनमा ।"
पङ्क्ति १२:
उहाँका सबै कृतिहरू पाठकले अब्बल ठहर्‍याएका छन् । अहिले भर्खरै पनि उहाँका छानिएका प्रतिनिधि कथाहरूको सङ्ग्रह निस्किएको छ नेपालबाटै । लेखकलाई त झन् आफ्ना सन्तान सबै बराबरी नै लाग्छन् तर पनि रोज्नैपर्दा लेखकले एउटालाई रोज्छ नै । उहाँ पनि पाठकीय मूल्याङ्कनलाई पछ्याउँदै भन्नुहुन्छ-पि्रय कृति यही नै एक हो भन्न मलाई गाह्रो लाग्छ । बरू पाठकले कुन कृतिलाई धेरै रुचाएको देखियो, त्यताबाट उत्तर गर्न सजिलो होला । उता भारततर्फकाले 'दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी' कृतिलाई धेरै रुचाएको पाइयो । यता नेपालतर्फ आउँदा क्याम्पसका प्राध्यापकहरूसँग कुराकानी हुँदा समालोचनाका पुस्तक ज्यादा रुचाएको पाइयो ।
 
तेस्रो आयामको एक अभियन्ता का रुप मारुपमा स्थापित राई का अनुसार आयामको प्रारम्भ सन् १९६३ मा१९६३मा समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा वैरागी काइँलाको , इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनालाई भेट गराइदिनुभए पछि भएको हो । तीनमध्ये जेठो राइ त्यस बखत ३०/३१ को३१को मात्रै थिएँ । उहा का अनुसार " काइँलाले टी.एस.इलियटको किताब पढ्नुभएछ । वेन जोन्सनका बारेमा लेखेको कुराले प्रभाव पारेको हामी दुईलाई बताउनुभयो । त्यसमा तेस्रो आयाम अर्थात् लेखाइमा लम्बाई, चौडाई र मोटाई -गहनता) हुनुपर्छ भनिएको रहेछ । अनि हामी काँचा केटा पनि मोटाईको खोजीमा लाग्यौँ । त्यसैसाल काइँलालाई सम्पादक राखेर 'तेस्रो आयाम' पत्रिका निकाल्यौँ । हामी चार आयामका छौँ तर बोल्दा-लेख्दा दुई आयाम मात्र हुन्छ । त्यसैले सम्पूर्णतालाई नारा बनायौँ । 'मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण' कवितामा काइँलाले यही आयाम भित्र्याउनु भयो र 'बन्द कुइरोमा नानीको पाइला' शीर्षक कवितामा पूर्ण अर्थात् चारै आयामको मान्छे बन्न नानीलाई आहृवान गर्नुभएको छ वल्लभले । यो भनेको पूर्णताको खोजी हो । मान्छे कालमा, समयमा बाँचेको हुन्छ र समय एउटै छ । अविभाजित समयलाई लेख्ने प्रयास हो यो । फेरि मिथकको टेक्निक खोजी भयो साथीहरूबाट र सम्पूर्णताको खोजीमा चित्रकारहरू सहयोगी भए । दायाँ, बायाँ, तल, माथि जताबाट हेर्दा पनि चित्र फरक देखिन्छ तर रूप सिङ्गो एउटै हो । यो सम्पूर्णताको कोसिस 'क्युविजम्' हो । मनले गरेको अनुभवअनुसारको लेख्नुपर्छ । यसको मूल आधार भनेको बौद्धिकता हो ।"
 
तेस्रो आयामले एक किसिमको चर्चा पाइसकेपछि त्यो त्यतिकै छोडिएजस्तो भयो । उता इन्द्रबहादुर राईले यसैबीचमा लीलालेखनलाई चर्चामा ल्याउनुभयो । उहाँ नै मुख्य हुनुभएको र उहाँले नै बेवास्ता गरेर तेस्रो आयाम धरापमा परेको त होइन भन्ने जिज्ञासा मा उहा को भनाई अलि बेग्लै छ- "तेस्रो आयाम र लीलालेखन दुई भिन्न थोक होइनन्, एउटालाई लिएपछि अर्को छाडिने । तेस्रो आयामबाटै लीलालेखन बढेको हो तर भिन्न नै छैन पनि भन सकिँदैन । केही आ-आफ्नो विशेषता छन् र धेरै मार्गहरूबाट छानेर एउटा मार्ग हिँड्नुपर्छ । अहिले पछिल्लो नै लेख्नमा लागेका छौँ । यसरी लाग्नेहरूमा दुईचार नाम उल्लेख नगर्दा साहित्यिक समलोचनामा केही भूल हुनजान्छ । लीलालेखनमा साथ दिनेहरूमा कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराल, विनय रावल, सुन्दर मानन्धर, कुमार भट्टराई छन् । उहाँहरूले लीलाबोधका उपन्यास, कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ । भन्नैपर्ने छ- लीलालेखनले नेपाली साहित्यमा लेखिने नयाँ विषयवस्तु दिनसकेको छ । वैरागी काइँलालाई लीलालेखनको प्रारम्भकर्ता प्रथम व्यक्ति भने पनि हुन्छ, यसमा चूक हुनेछैन तर स्वर्गीय वल्लभ भने यता आउनुभएन । स्थिर विन्दु अर्थात् वस्तुताको खोजीका क्रममा लीला आयो । सबै मानिसमा प्रकृतिले दिएको एकथोक हुन्छ । त्यो जिज्ञासु स्वभावले नै मान्छेलाई डोर्‍याएको हुन्छ । हाम्रो साहित्यमा कल्पना, भावना र मीठास धेरै भए पनि बौद्धिकताको कमी थियो । त्यसो त सम, देवकोटा, लेखनाथमा बौद्धिकता नभएको होइन तर हाम्रो बेलाको जस्तो बौद्धिकताको कमीझै लागेर खोजी गरियो । हाम्रो बेलाको भनेको धर्म, दर्शन, विज्ञान, सबैबाट ज्ञान लिएर लेखौँ र समाजलाई चाहिएको जस्तो दिउँ भन्ने हो । त्यसैले आइन्सटाइनको सापेक्षतावादलाई अँगालियो । त्यसले कुनै पनि कुरा सधैँ एकै हुँदैन भनेको छ । एक दृष्टिबाट राम्रो लागेको अर्को दृष्टिबाट नराम्रो लाग्न पनि सक्छ । वस्तुको वजन ठाउँअनुसार फरक पर्छ । गतिअनुसार लम्बाई पनि फरक हुन्छ । त्यसैले हाम्रो जीवनमा आउने हरेक कुरा पनि एकै हुँदैनन् भनेर नयाँ आधार समाएको हो । विश्वमा सबै चिज गतिशील छन्, रूप फेरिइरहन्छन् र सबै बदलिइरहने प्रक्रियामा छन्, यस्तो परिवर्तनलाई के भन्ने त भनेर खोज्दा 'लीला' भनिएको हो ।"