"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन → न्छन् (2) using AWB (7794)
→‎इतिहास: correction, replaced: शिर्षक → शीर्षक using AWB
पङ्क्ति ३६:
[[File:Machupicchu hb10.jpg|thumb|left|thumb|सन् १९११मा लिइएको माचू पिचूको तस्विर]]
सन् १९११ को जुलाई २४ तारिखमा अमेरिकी इतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे ।
हिराम बिंह्यामले माचू पिचू र आसपासको क्षेत्रमा विभिन्न पुरातात्विक वस्तुहरूको अध्ययन गरे । उनले त्यो क्षेत्रको पूर्ण अवलोकन तथा सर्वेक्षण गरेपश्चात माचू पिचूलाई ''इन्का समुदायको हराएको सहर'' भनी नामाकरण गरे, यो बिंह्यामको पहिलो पुस्तकको शिर्षकशीर्षक पनि थियो । सन् १९१५ तिर बिंह्यामले धेरै पटक उक्त स्थानको भ्रमण गरे र त्यहाँ विभिन्न स्थलहरूमा उत्खनन गरी धेरै कलाकृतिहरू संकलन गरे । उनले आफ्नो जीवन अवधि भर माचू पिचूको आविस्कारको बारेमा धेरै पुस्तक तथा लेखहरू लेखे ।
 
सन् १९१३ अप्रिल महिना भर नेशनल जिओग्राफिक सोसाइटीले आफ्नो प्रकाशनमा माचू पिचूलाई स्थान दिएपछि दुनियाको नजरबाट हराएको यो सहर विस्तारै बाहिरी सन्सारमा परिचित हुन पुग्यो ।
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित