"पानी" का संशोधनहरू बिचको अन्तर

→‎मानव संस्कृतिमा पानी: correction, replaced: लिईन्छ → लिइन्छ using AWB
correction, replaced: कृया → क्रिया (4) using AWB
पङ्क्ति ११:
:''हेर्नुहोस [[:Category:पानीका रुपहरु]]''
[[चित्र:Glacial iceberg in Argentina.jpg|thumb|अर्जेन्टिनामा हिमनदीबाट आएको बरफपिण्ड]]
पृथ्वीमा पानीका विभिन्न रूपहरू पाइन्छन् । पानी बादल तथा बाफको रूपमा वायुमण्डलमा; पानी र बरफको रूपमा समुन्द्रमा; हिमताल, हिउ र हिमनदीको रूपमा हिमालमा तथा खुल्ला र मिश्रित रूपमा जमिनमा पाइन्छ । वायुमण्डलमा वास्पिकरण र चिसिने प्रकृयाकाप्रक्रियाका कारण पानीका विभिन्न रूपहरू परिवर्तन भईरहेको हुन्छ साथसाथै पानी एकस्थानबाट अर्को स्थानसम्म पनि पुगिरहेको हुन्छ जसलाई [[जलचक्र]] भनिन्छ । सम्पूर्ण मानव जीवनलाई यस चक्रको अती महत्व छ । प्रकाशको सही संयोजन हुने हो भने वायुमण्डल भएका पानीका थोपाहरूमा सूर्यको प्रकाश परावर्तन भएमा [[इन्द्रेणी]] देखापर्ने गर्दछ ।
 
पानी हाम्रो सभ्यतासंग जोडिएको छ । खेतीपातीको लागि पनि पानी अति आवश्यक छ । खासगरी बर्षाको पानी कृषीउत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ । पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरु प्रदान गर्दछन् । नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न [[उपत्यका]] तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ । नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो ।
पङ्क्ति २४:
पानीको फरक खालको गुणहुने भएकोले यो प्राणीहरूका लागि अति उपयोगि छ । यो एउटा राम्रो घोलक हो र यसको अति उच्च '''सतहि दबाब'''[[:en:Surface Tension|(Surface Tension)]] हुन्छ । ४° सेल्सियसमा शुद्ध पानीको घनत्व सबैभन्दा उच्चहुने गर्दछ, ४° सेल्सियस भन्दा तापक्रम बढेपनि घटेपनि यसको घनत्व घट्ने गर्दछ । पानी एउटा तटस्थ पदार्थ भएकोले वातवरणमा विकिरणको शोषण गरी हरित गृह प्रभावलाई समेत घटाउन मद्दत पुर्याउने गर्दछ । पानीको बिशिष्ट तापधारणशक्ति एकदमै धेरै हुने हुनाले यसले पृथ्वीको मौशमलाई निर्धारणगर्न महत्वपूर्ण भुमिका खेल्नेगर्दछ ।
 
एउटा राम्रो घोलक पदार्थ भएको हुनाले यसले विभिन्न लवणहरू तथा चिनीलाई घुलाउनेकाम गर्दछ । यसका अलावा पानीले विभिन्न तत्वहरूको रासायनिक प्रतिकृयामाप्रतिक्रियामा उत्प्रेरकको रूपमा काम गर्दछ । सजिवहरूको शरिरमाहुने विभिन्न प्रतिकृयाहरुमाप्रतिक्रियाहरुमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्नेगर्दछ ।
 
यद्यपी केही तत्वहरू पानीमा नघुल्ने खालका हुन्छन् । केही तरल पदार्थ जस्तै तेल, घ्यू र ढुङ्गा, काठ, धातुहरू पानीमा घुल्दैनन् । प्राणी कोषमा हुने '''सेल मेम्ब्रेन्'''ले पानीको यही गुणको उपयोग गरी प्राणी कोषभित्र र बाहिरका रासायनिक तत्वहरूको संयोजन गर्ने गर्दछ ।
पङ्क्ति ४९:
(नोटः यद्यपी केही ब्याक्टेरियाहरू र वनस्पतिका बिऊहरू एउटा निश्कृय अबस्थामा जान्छन् र यीनीहरू ओशिलो वातावरण पाउनासाथ फेरि सक्रिय हुने गर्दछन् ।)
 
मानव शरिरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२% पानीले ओगटेको हुन्छ । शरिरले दैनिक कार्यहरू सहजरूपमा गर्न १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ । [[जलवियोजन]]बाट बच्न दैनिक कृयाकलापक्रियाकलाप, आद्रता, तापक्रम अनुसार फरक मात्रामा पानीको सेवनगर्नु जरुरि हुन्छ । हाम्रो शरिरमा भएको पानी पिशाब, पशिना, दिशा र सास फेर्दा बाफको रूपमा बाहिरजाने गर्दछ ।
 
मानिसलाई पिउनका लागि धेरै लवण नमिसिएको र प्रदुषित नभएको पानी चाहिन्छ । साधारणतया विषालु रसायनहरु र किटाणुहरूले पानीलाई प्रदुषित बनाउछन् । पानीमा घुल्ने केही रसायनहरू शरिरले ग्रहणगर्न सक्छ यस्ता तत्वहरूले पानीको स्वाद बढाउने गर्दछन् ।
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित